२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोप ल्याउने सरकारको तयारी फितलो, मात्र सुविधाको खोपको आशा

२०७७, २३ मंसिर मंगलवार ०२:३७

मंसिर २३, काठमाडौं । विकसित मुलुकहरुले आफ्ना नागरिकका लागि कोरोनाविरुद्धको खोप खरिद गर्न उत्पादक कम्पनीसँग बार्गेनिङ गरेर अग्रिम बैनासमेत दिइरहेका बेला नेपालका तर्फबाट भने त्यसका लागि केही पहल हुन सकेको छैन । सरकराले खोप आफै किन्ने वा निजी कम्पनीलाई दिने निर्णयसमेत गरेको छ ।

स्वास्थ्य सेवा विभागअन्तरगतको परिवार कल्याण महाशाखाका प्रमुख भीमसिंह तिंकरीले अहिलेसम्म कोभ्याक्समार्फत आउने खोपको पर्खाइमा रहेको बताए । कोभिड–१९ खोपमा सबै मुलुकको समतामूलक पहुँचका लागि गाभीले नेतृत्व गरेको विश्वव्यापी पहल कोभ्याक्स अन्तरगत नेपालले २० प्रतिशत व्यक्तिलाई पुग्ने खोप सहुलियतमा पाउँदैछ । कोभ्याक्समार्फत पहिलो चरणमा आगामी मार्चसम्ममा ३ प्रतिशत (९ लाख मानिसलाई पुग्ने गरी र सन् २०२१ भित्रमा बाँकी १७ प्रतिशत (५१ लाख) का लागि खोप आउने अनुमान छ । ‘हाम्रो आँकलनअनुसार नेपाल सबैभन्दा पलिे कोभ्याक्सअन्तरगतकै खोप आउनेछ,’ कोभिड–१९ खोप सल्लाहकार समितिका संयोजक तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. श्यामराज उप्रेतीले भने ।

बाल स्वास्थ्य खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले मुलुकका ७२ प्रतिशत मानिसलाई कोभिड खोप दिने योजना बनाएको जानकारी दिए । तर, त्यसअनुसार सरकारको तयारी फितलो छ । नेपालले खोपका लागि कुनै कम्पनीसँग प्रिअर्डर वा सम्झौता गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा