मंसिर २९, काठमाडौँ | काठमाडौँको चन्द्रागिरीमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ | चन्द्रागिरी नगरपालिका–२ स्थित मसिने भीरमा ना२ क ३२३ नम्बरको मिनिट्रक सडकबाट २०० मिटर तल खसेको हो |
दुर्घटनामा तामाङ मरिण कन्ट्रक्सनका एकाउन्टेन सिन्धुलीका मनिष कार्की र ट्रक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ | प्रहरीका अनुसार चालकको पहचिान खुलेको छैन | दुर्घटनाको कारण भने खुलेको छैन |