पुस ३, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५७०६ जनामा गरिएको पिसिआर परिक्षणमा ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै देशभर हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार,पछिल्लो २४ घण्टामा १०२९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ४१ हजार ३ सय ९२ पुगेको छ | त्यस्तै कोरोनाको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ६५ पुगेको छ।