२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारका उजूरी बढ्दै

१० पुष २०७७, शुक्रबार ०९:४५

पुस १०, महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा स्थानीय तहमा भ्रष्टाचार भएका उजूरी बढिरहेका छन् । पछिल्लो समय यहाँका स्थानीय तहमा भ्रष्टाचार बढिरहेका उजूरी आउनेक्रम बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ । 

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा अख्तियारमा ४३२ उजुरी दर्ता भएका छन् ।  आयोगको कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले दर्ता गर्न आउने अधिकांश उजुरी स्थानीय तहसँग सम्बन्धित रहेको जानकारी दिनुभयो । जनप्रतिनिधि तहमा आफू अनुकूल हुने दरबन्दी मिलानलगायत स्थानीय तहको अधिकार दुरुपयोग गरिरहेकोलगायतका शीर्षकमा उजूरी बढ्दै गएका छन् । 

“पछिल्लो समय आयोगले पनि आफ्नो सक्रियता बढाएको छ”, उहाँले भन्नुभयो, “नागरिक चेतनशील भएका कारण उजूरी बढ्दै गएका हुन् ।” स्थानीय तहमा पनि शिक्षा तथा वन कार्यालयसम्बन्धी उजूरी धेरै छन् । आयोगका अनुसार गत वर्षको तुलनामा उजूरीको सङ्ख्यामा वृद्धि भइरहेको छ । “यस प्रदेशमा सबैभन्दा बढी कैलालीे र सबैभन्दा कम बाजुरा जिल्लाका उजूरी छन् ।” सूचना अधिकृत जोशीले भन्नुभयो, “चालू आवको पहिलो चौमासिकमा बाजुराका १६, बझाङका ४२, दार्चुलाका ३५, बैतडी ३८, डडेल्धुरा २९, डोटी ६२, अछाम २७, कैलालीका ९२, कञ्चनपुर ९० र स्थान नखुलेको एकगरी हालसम्म ४३२ उजुरी दर्ता भएका छन् ।”

गत आव आयोगमा ९१२ उजूरी दर्ता भएका थिए । तीमध्ये आयोगले ७४१ दर्ता उजूरी फछ्र्याैट गरेको जोशीको भनाइ छ । आयोगले गरेको २७ स्ट्रिङ अपरेसनबाट रु ४० लाख ५५ हजार ६५० नगदसहित ४४ जना थलोमै पक्राउ परेका छन् । भ्रष्टाचारविरुद्ध काम गर्ने सङ्घसंस्थाले सचेतनाको कमीका कारण यहाँ भ्रष्टाचार बढेको जनाएका छन् ।

नागरिक निगरानी संस्था कञ्चनपुरका सचिव कोमलनिरञ्जन भाटले सचेतनाको कमीका कारण सुदूरपश्चिममा भ्रष्टाचारसम्बन्धी उजूरीको सङ्ख्या बढेको बताउनुभयो । “भ्रष्टाचारविरुद्ध काम गर्ने सङ्घसंस्थाको पहुँच पनि न्यून छ”, सचिव भाटले भन्नुभयो, “राज्यको उपस्थिति भए पनि भ्रष्टाचारविरुद्धको सचेतनाको कमी छ ।” उहाँले भ्रष्टाचार हुन नदिने वातावरण सिर्जना गर्नुपर्ने जोड दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य