पूर्णप्रसाद न्यौपाने, साउन १९, ओखलढुंगा । ग्यास, दैनिक उपभोग्य सामाग्री, सुन, प्रेट्रोलियन पदार्थ, कपडा लगाएत हरेक क्षेत्रमा जिल्लाका उपभोक्ताहरु ठगिने गरेको ओखलढुंगाका लागि नौलो कुरा होईन । तर पछिल्लो समय "/> Sajhasabal पूर्णप्रसाद न्यौपाने, साउन १९, ओखलढुंगा । ग्यास, दैनिक उपभोग्य सामाग्री, सुन, प्रेट्रोलियन पदार्थ, कपडा लगाएत हरेक क्षेत्रमा जिल्लाका उपभोक्ताहरु ठगिने गरेको ओखलढुंगाका लागि नौलो कुरा होईन । तर पछिल्लो समय "/>
१ कार्तिक २०८१, बिहीबार
ओखलढुङ्गा - OKL

ओखलढुंगामा हुलाक टिकटमा पनि कालोबजारी

१९ श्रावण २०७३, बुधबार ११:५४

पूर्णप्रसाद न्यौपाने, साउन १९, ओखलढुंगा । ग्यास, दैनिक उपभोग्य सामाग्री, सुन, प्रेट्रोलियन पदार्थ, कपडा लगाएत हरेक क्षेत्रमा जिल्लाका उपभोक्ताहरु ठगिने गरेको ओखलढुंगाका लागि नौलो कुरा होईन । तर पछिल्लो समय नियमनकारी निकायले अनुगमन नगर्दा ओखलढुंगामा हुलाक टिकटमा समेत कालो बजारी हुने गरेको छ ।

      जिल्ला प्रशासन कार्यालय ओखलढुंगाकै मूलगेट र आसपासमा खुलेआम रुपमा हुलाक टिकटको कालोवजारी भएपनि जिल्ला प्रशासन कार्यालय ओखलढुंगा बेखवर छ । हुलाक नियमावली २०२० मा व्यवस्था भए अनुसार नेपाल सरकारद्वारा दिइएको अनुमतिपत्र लाइसेन्स वा तोकिएको शर्तहरूको अधिनमा नरही कसैले टिकट बिक्री वितरण गर्न वा त्यस्तो व्यवसाय गर्न पाइने छैन भनि उल्लेख गरिएको छ ।

      तर, ओखलढुंगामा अधिकांश साईवर व्यवसायी र प्रशासन तथा मालपोत लगाएतका कार्यालयका मूलगेटमा रहेका पसललेहरुले दिनहुँ सयौ सेवाग्राहीलाई टिकट विक्रीका नाममा ठग्दा समेत नियमनकारी निकायका अधिकारीहरु हुलाक टिकटमा भएको कालो बजारीका विषयमा अनविज्ञता प्रकट गर्नेगरेका छन ।

      सरकारी छाप लागेको कागज हुलाक टिकटलाई तोकिएको मूल्य भन्दा बढीमा विक्री बितरण गर्न पाईदैन । तर, ओखलढुंगामा प्रति टिकट तोकिएको मूल्य भन्दा ३ देखि ५ रुपैयाँसम्म बढी मूल्य लिएर हुलाक टिकटको खुलेआम विक्री वितरण भइरहेको छ । ५ रुपैयाँको टिकट ८ रुपैयाँ र १० रुपैयाँको टिकटलाई १२ देखि १५ रुपैयाँ लिने गरेको व्यापारी स्वयम स्वीकार गर्दछन् । एक व्यापारीले भने–‘मान्छेलाई छिटो चाहिएको छ, टिकट लिन पर जाँदैनन् जति भन्यो उती दिन्छन् तर म भने २ देखि ३ रुपैयाँ मात्र नाफा खान्छु ।’ लामो समय देखि बढि मुल्य लिएरै टिकट विक्रि गरिरहेको भए पनि आज सम्म कसैले त्यसो नगर्नु नभनेको भन्दै १,२ रुपैँया बढि लिएर भएपनि जनतालाई सेवा दिएको व्यापारीहरु दावी गर्छन् ।

      सदरमुकामका केहि व्यापारीहरुले वर्षौदेखि हुलाक टिकटमा कालो बजारी गरिरहेका छन् । सरकारी छाप लागेको वस्तु राजपत्रमा अंकित मूल्य भन्दा बढीमा विक्री गर्नु अपराध हो । यस्तो अपराधमा सम्लग्नलाई कालो वजारी तथा उपभोत्ता संरक्षण ऐन र केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा २ ले गरेको परिभाषा अनुसार सजाय गर्ने व्यवस्था छ । ऐनमा भनिए अनुसार यस्तो गतिविधिमा सम्लग्नलाई दश वर्षसम्म सजायको व्यवस्था छ । यति हुँदा हुँदैपनि जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले त्यस्ता कालोवजारीमा सम्लग्नलाई कारवाही गरेको छैन ।

      हुलाक नियमावली अनुसार हुलाकद्वारा भएको टिकट बिक्री, ड्यूटीमा रहेको हुलाक कर्मचारीद्वारा बिक्री भएको टिकट बिक्री, विभागले नियुक्ति गरेको फिलाटेलिक व्यूरो वा एजेन्सीद्वारा भएको टिकट बिक्री, महानिर्देशकद्वारा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी टिकट बिक्री गर्न तोकिएको व्यक्ति वा संस्थाबाट हुलाका टिकट विक्री गर्न पाईन्छ । टिकट बिक्री गर्ने वा टिकट सम्बन्धी व्यवसाय गर्नेले पालन गर्नु पर्ने शर्त तथा बन्देजमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिए बमोजिम हुने व्यहोरा समेत उल्लेख छ । तर नियमनकारी निकायको अनुगमन नहुँदा ओखलढुंगामा खुलेआम रुपमा हुलाक टिकटमा कालो बजारीहुदा दैनिक सयौँ उपभोक्ताहरु ठगिदैँ आएका छन ।

      हुलाक टिकटमा भइरहेको कालो बजारीका बिषयमा बजार निरिक्षण एवम् अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञावलीले यो बिषयमा आफुहरुको हालसम्म ध्यान नगएको बताए ।‘टिकटको बिषयमा हामिलाई जानकारी नै थिएन । तत्काल अनुगमन गछौं र यदि त्यस्तो गरेको पाइएमा ऐनमा भएको व्यवस्था अनुसार नै त्यस्ता व्यक्तिलाई कारवाही गछौँ ।’ ज्ञावलीले भने–‘हुलक टिकट हुलाक भन्दा वाहिर जो कोहीले विक्री गर्न पाइदैँन । हुलाकलाई समेत यस विषयमा म तत्काल सोध्छु ।’

      यता टिकटमा भएको कालोबजारीका बिषयमा जिल्ला हुलाक कार्यालयका निमीक्त प्रमुख पुन्नलाल न्यौपानेले आफूहरुसंग जो कोही पनि हुलाक टिकट किन्न आउने गरेको र विक्री भएको टिकटका विषयमा आफूहरुलाई केही जानकारी नभएको बताए ।‘यद्यपी यहाँका केहि व्यापारीले धेरै मात्रामा टिकट लाने गर्दछन् ।’ न्यौपानेले भने–‘तोकिएको मूल्य भन्दा बढीमा टिकट विक्री हुनु आफैंमा कालोबजारी हो । यसकोे अनुगमन गर्ने निकाय जिल्ला प्रशासन कार्यालय छ ।’ जिल्लामा नियमनकारी निकायहरु एक अर्कालाई उसको दायित्वभन्दै पन्छिने र सम्वन्धीत पक्षले ध्यान नदिनेगर्दा उपभोक्ताहरु टिकटमा समेत ठगिन बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै