२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागलुङमा कोदालो प्रहारबाट एकको हत्या, पाँच जना घाइते

२०७७, ४ फाल्गुन मंगलवार ०३:१८

फागुन  ४, गलकोट (रासस) । बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोदालो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन् । 

मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका स्थानीय ८४ वर्षीय यामबहादुर केसीको धवलागिरि अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

कोदालो प्रहारबाट गम्भीर घाइते भएका ६५ वर्षीया विष्णुमति चापागाईँ र ३६ वर्षीया लक्ष्मी चापागाईँलाई धवलागिरि अस्पताल बागलुङमा उपचारपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा सिफारिस गरिएको छ ।

अन्य घाइते ३८ वर्षीया देवी गौतम, उहाँका छ वर्षीय छोरा अमृत गौतम र १९ वर्षीया छोरी अनिता गौतमको धवलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिनुभयो । कोदालो प्रहार गर्ने सोमबहादुरलाई दोबिल्ला प्रहरी चौकी अक्षतेको प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याइएको पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने