२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली को हुन्, मलाई प्रधानमन्त्री पद दिने ?, मेरो चरित्रहत्या भयो : देउवा

२०७७, ६ फाल्गुन बिहीबार ०२:३३

फागुन ६, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीकै नेताहरूले आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन्। प्रतिनिधिसभा विघटनका विषयमा आफूलाई पुनःस्थापनाविरोधीका रूपमा प्रचार गर्न खोजेको सभापति देउवाको गुनासो छ।

‘मलाई पार्टीकै नेताहरूले प्रतिनिधिसभा पुनःस्थापनाको विरोधी, ओलीसँग मिलेको जस्ता आरोप लगाउने काम भएका छन्’, पार्टी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा सभापति देउवाले भने, ‘मैले प्रतिनिधिसभा पुनःस्थापना हुनुहुँदैन भनेर कहाँ भनेको छु ? मैले सर्वाेच्च अदालतको फैसला कुरौं भनेको हो।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा पार्टीले निर्णय गर्नुपर्ने धारणा राखेपछि देउवा आक्रोशित बनेका हुन्।

नेता पौडेलले सभापति देउवा निर्वाचनका पक्षमा रहेको आशयसहितको धारणा राखेपछि देउवा रुष्ट बने। पौडेल बोलिरहेकै बेला उनलाई रोक्दै देउवाले भने, ‘ओलीले देउवालाई प्रधानमन्त्री पद दिने रे भनेर प्रचार गर्ने ? ओली को हुन्, मलाई प्रधानमन्त्री पद दिने ?’

उनले आफू सर्वाेच्च अदालतको फैसला स्वीकार गरेर जानुपर्छ भन्ने पक्षमा रहेको धारणा व्यक्त गरे। निर्वाचन हुनै सक्दैन भनेर नेताहरूले सार्वजनिक रूपमा व्यक्त गरिरहेका अभिव्यक्तिप्रति उनले असन्तुष्टि जनाए।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने