१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपरान्हपछि वर्षाको सम्भावना

६ फाल्गुन २०७७, बिहीबार ०८:३४

फागुन ६, काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकासहित पहाडी भू-भागका केही स्थानमा अपरान्हपछि बदली र हल्का वर्षा हुने भएको छ। प्रि-मनसुनको समय नजिकिएकै कारण अपरान्हपछि मौसममा परिवर्तन भएको हो।

शुक्रबारदेखि दुई-तीन दिन पहाडी भू-भागमा आंशिक बदली हुने तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए। उनका अनुसार तापक्रम बढ्दा स्थानीय वायुको प्रभाव बढ्ने र केही समयमै मौसममा फेरबदल आउँछ। मार्चदेखि सुरू हुने प्रि-मनसुन मेसम्म चल्छ।

प्रि-मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपरान्ह तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुन्छ। हाल देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा छ।

प्रदेश नं २, बागमतीलगायत देशका पहाडी भू-भागमा अपरान्ह आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाका साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ।

प्रदेश नं १ र २ लगायत देशका पहाडी भू-भागमा शुक्रबार आंशिकदेखि सामान्य बदली भई उच्च पहाडी तथा हिमाली भू‍-भागका एक वा दुई स्थानमा हलका हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव शून्य र अधिकतम तापक्रम २३ दशमलव ३ डिग्री सेल्सियस छ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव शून्य डिग्री सेल्सियस छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन