<p><b>फागुन १०,काठमाडौं । </b>गोरखामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । जिल्लाको बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका हुन् ।<br></p><p>बारपाक गाउँपालिका लिवाचे टोलका अन्जादी ८५ वर्षका तीलबहादुर गुरुङ, उनकी बुहारी अन्दाजी २० वर्षीया आइतकुमारी गुरुङ र नातिनी १३ वर्षीया उषा गुरुङ सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।</p><p>स्थानीयका अनुसार बिहान अबेरसम्म घरको ढोका नखोलेपछि गएर हेर्दा उनीहरु मृतअवस्थामा फेला परेका थिए । घटनाबारे अनुसन्धान गर्न बारपाक प्रहरी चौकीको टोली अहिले घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय बारपाकले जनाएको छ ।</p>


