२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्यानिटाइजर सेवन गर्दा दुई जना वृद्धवृद्धाको मृत्यु

२०७७, १८ फाल्गुन मंगलवार ०१:५८

फागुन १८, काठमाडौं । स्यानिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने वृद्धवृद्धा हुन् । दुवै जनाको उपचारका क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वाटरमा बस्दै आएकी ६५ वर्षीय अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । 

गिरीले मदिरा भनेर र मण्डलले पारिवारिक विवादपछि स्यानिटाइजर सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । मदिराको नशामा गिरीले गत शनिबार राति ११ बजेतिर बोतलमा रहेको आधा लिटरजति स्यानिटाइजर एकै पटकमा पिएको उनका श्रीमान् छविलालले प्रहरीलाई बताएका छन्  ।

पारिवारिक विवादपछि मण्डलले पनि शनिबार राति १० बजेतिर स्यानिटाइजर सेवन गरेको खुलेको प्रहरीले जनाएको छ । दुवैलाई उपचारका लागि शनिबार राति कोशी अस्पताल ल्याइएको थियो। शुरुमा उपचारका लागि ल्याउँदा बोल्न सक्ने उनीहरुको अवस्था सामान्य थियो।

तर अवस्था थप गम्भीर बनेर गएपछि मण्डललाई आईसीयूमा राखिएको र उपचारकै क्रममा सोमबार बिहान ज्यान गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने