२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि बागमतीका जिल्लामा ट्रायल परीक्षा शुरु

१८ फाल्गुन २०७७, मंगलवार १६:२२

फागुन १८, मकवानपुर (रासस) । बागमती प्रदेश यातायात सेवा कार्यालय हेटौँडाले प्रदेशको विभिन्न जिल्लाका सवारी साधन धनीलाई सवारीको चालक अनुमतिपत्र (लाइसेन्स) को लागि लिखित परीक्षा र ट्रायल परीक्षा आजदेखि शुरु गरेको छ ।

नयाँ अनुमतिपत्र प्राप्तका लागि दिइएको ट्रायल परीक्षाबाट उत्तीर्ण भएकालाई केही हप्ताभित्रै चालकको नयाँ अनुमतिपत्र उपलब्ध गराइने कार्यालयले जनाएको छ । 

ट्रायल परीक्षामा उत्तीर्ण नभएकालाई सो कार्यालयले प्रथम, द्वितीय र तृतीय चरणमा क्रमशः मौका ट्रायल परीक्षा उपलब्ध गराउने यातायात सेवा कार्यालय हेटौँडाका प्रमुख अधिकृत भक्तबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, प्रदेशको चितवन, धादिङ, सिन्धुली, नुवाकोट, काभ्रे, रामेछाप, दोलखा र मकवानपुरको विभिन्न प्रकारको सवारी साधनका धनीलाई स्मार्ट कार्ड वितरण गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ । 

भण्डारीले प्रदेशका विभिन्न जिल्लाको सबै प्रकारको सवारी साधनका चालक पुरानो अनुमतिपत्रको नवीकरण गर्ने कार्यसमेत भइरहेको बताउनुभयो । कार्यालयले चालु आर्थिक वर्षको प्रथम, अर्धवार्षिकमा नयाँ फर्म दर्ता तीन हजार  ७५८, सवारीको साधन नवीकरण १५ हजार २९३, सवारी नवीकरणको प्रतिलिपी ३०७, वर्ग थपको नयाँ फर्म दर्ता दुई हजार ७०७, वर्ग थपको पास भएका सवारीका सङ्ख्या ५८६ र सवारीको प्रतिलिपी नवीकरण र हस्तान्तरण २९८ रहेको प्रदेश यातायात सेवा कार्यलय हेटौँडाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य