२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्योतिको आइपिओमा नयाँ रेकर्ड

२०७७, २६ फाल्गुन बुधबार १६:१०

फागुन २६, काठमाडौँ (रासस) । ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदनको रेकर्ड ब्रेक भएको छ । इन्स्योरेन्सको  प्रबन्धक एनएमबी क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ । आइपिओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार ७१० कित्ता बराबरको आवेदन परेको छ ।

आइपिओमा आवेदन  सर्वसाधारणलाई निष्काशनमा ल्याइएको ५९ लाख ४० हजार कित्ताको ६.४० गुणा बढी परेको छ । कम्पनीले यही फागुन २१ गते देखि  कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् रु  ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

त्यसमध्ये पाँच प्रतिशत अर्थात् तीन  लाख ३० हजार कित्ता कर्मचारी र अर्को पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता सामूहिक लागनी कोषलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणका लागि निष्काशनमा ल्याएको थियो ।

अहिले कम्पनीको अधिकृत पूँजी रु तीन अर्ब, जारी पूँजी रु दुई अर्ब २० करोड र चुक्ता पूँजी रु एक अर्ब ५४ करोड छ । सर्वसाधारणलाई आइपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी रु दुई अर्ब २० करोड पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने