साउन २३, इलाम । गत आव २०७२/७३ मा इलामबाट १२५ जना महिला तथा बालबालिका हराएको पाइएको छ । जिल्ला प्रहरी कार्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, इलाम । गत आव २०७२/७३ मा इलामबाट १२५ जना महिला तथा बालबालिका हराएको पाइएको छ । जिल्ला प्रहरी कार्या"/>
२० मंसिर २०८२, शुक्रबार
इलाम - ILM

महिला तथा बालबालिका हराउने क्रम बढ्दो

२३ श्रावण २०७३, आईतवार ०६:०३

साउन २३, इलाम । गत आव २०७२/७३ मा इलामबाट १२५ जना महिला तथा बालबालिका हराएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार हराएकामध्ये ४९ जना फेला परेको र ७६ जना अझै पनि हराइरहेका छन् । 

प्रहरीका अनुसार चालु आव सुरु भएको तीन हप्ता बित्न नपाउँदै सातजना महिला हराएका छन् । हराएका महिला तथा बालबालिकाका अभिभावकले खोजी गरिदिन आग्रह गर्दै प्रहरी कार्यालयमा निवेदन दिएका छन् । हराउनेमा १६ देखि ४० वर्ष उमेर समूहका महिला रहेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । 

प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशीलकुमार यादवका अनुसार विगत तीन वर्षको अवधिमा इलामबाट १४५ जना महिला हराएका छन् । बेरोजगारी, अशिक्षा र परिवारको आर्थिक अवस्था कमजोर भएका कारण हराउने क्रम बढेको हो । भारतको दार्जिलिङस्थित पिएसडी कम्पनीमा रोजगारीमा लगाइदिने बहानामा यहाँका गाउँ गाउँबाट युवा–युवतीलाई भारत लैजाने गरेको समेत पाइएको छ । 

इलामको पूर्वमा दर्जनौँ खुला सीमा नाका रहेकाले दलालले ललाइफकाइ र रोजगारीमा लगाइदिने बहानामा महिला तथा बालबालबालिकालाई भारत लैजाने गरेको माइती नेपाल पशुपतिनगरले जनाएको छ । 

रोजगारीको प्रलोभनमा परी भारततर्फ हिँडेका ५३ जना महिला तथा बालिकालाई प्रहरीको सहयोगमा पूर्वी भारतीय सीमावर्ती नाकाबाट उद्धार गरी अभिभावकलाई जिम्मा लगाइएको माइती नेपालका संयोजक होम ढकालले जानकारी दिनुभयो । 

कतिपय महिला तथा बालबालिका घरमा झगडा गर्ने, रिसाएर हिँड्ने र हराउने भएपछि अभिभावकले खोजी गरिदिन आग्रह गर्दै प्रहरीमा निवेदन दिने गरेका छन् । 

अघिल्लो आव २०७१/७२ मा पनि १२५ जना महिला हराएका थिए । जसमा ८६ जना फेलापरे पनि ३९ जना अहिलेसम्म भेटिएका छैनन् । सोही आवमा पूर्वी भारतीय सीमा क्षेत्रबाट ३५ जना महिला र बालिकाको उद्धार गरिएको थियो । त्यस्तै आव २०७०/७१ मा जिल्लामा ११६ जना हराएकामा ८५ जना भेटिएका थिए भने ३१ जना अझै भेटिएका छैनन् । यो वर्ष भारत हिँडेका १५ जनालाई सीमा नाकाबाट उद्धार गरी अभिभावकलाई जिम्मा लगाइएको छ । 

महिला बेचबिखन नियन्त्रणका लागि माइती नेपालले सीमावर्ती जिर्मले, समालबुङ, श्रीअन्तु, गोर्खे, पशुपतिनगर, इरौँटार, जमुनालगायतका गाविसमा महिलाकै सक्रियतामा निगरानी समूहसमेत गठन गरी नियमित रेखदेख गरिरहेको ढकालले बताउनुभयो । केन्द्रले अहिलेसम्ममा करिब एक सय जनाभन्दा बढी महिलालाई सीप प्रदान गरेको माइती नेपाल आवधिक गृहले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान