२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

चिल जस्तै आकाशमा मानिस उड्दा…

१ चैत्र २०७७, आईतवार ०७:०१

चैत १, गुल्मी । आकाशमा मानिस पनि चिल जस्तै सजिलैसँग उडेको देख्दा धेरै मानिस आफँैमा दङ्ग परेका थिए । कतिपयत  हतारहतार गर्दै घरको काम छाडेर मानिस कसरी उड्दा रहेछन् भनी एकोहोरो आकाशमा हेरिरहेका हुन्थे । 

कतिपयलाई यसरी आकाशमा उड्न सकिन्छ भन्ने कल्पनासम्म  थिएन । मालिका गाउँपालिकामा १५ दिनसम्म आयोजना गरिएको मालिका प्याराग्लाइडिङ महोत्सवले यतिबेला सबैको मन लोभ्याइदिएको छ । 

मनमा रहर हुँदाहुँदै  यही मनभित्रबाट निस्केको डरका कारण धेरै व्यक्तिले गाउँमै आएको अवसर गुमाउनु परेकामा पछुतोसमेत माने । गाउँपालिका उपाध्यक्ष देवा अर्यालले पनि प्याराग्लाइडिङ गर्ने अवसर जु¥र्याे । “शुरुमा त मनमा कताकता डर लागेको थियो ।  धेरै जना उडेको देख्दा मनको डर पनि विस्तारै हराउँदै गयो र मैले पनि उड्ने निधो गरँे”, उहाँले भन्नु भयो । आकाशमा चरा जस्तै उड्दै गर्दा उनले नजिकवाट सुन्दर पाखापखेरा र डाँडाकाँडा देख्दा निकै रमाईलो लागेको उहाँले अनुभव सुनाउनुभयो ।  

मालिकाले पर्यटन विकास र पर्यटकीय गन्तव्यको खोजीमा टेवा पु¥याउने उद्देश्यले अर्खाबाङ र सिमलटारी बजार व्यवस्थापन समितिको संयुक्त आयोजनामा मालिका प्याराग्लाइडिङ महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा ८६ उडान गरिएको थियो । गत मङ्सिर अन्तिम साता स्काइ लाइन प्याराग्लाइडिङ पोखराको टोलीमार्फत मालिकाको आयोजनामा स्थानीय देउराली डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएकोे थियो । स्काइ लाइन प्याराग्लाइडिङका सञ्चालक तथा पाइलट भुवन गाहाले मालिका व्यावसायिक प्याराग्लाइडिङको हिसाबले पोखराको विकल्प बन्नसक्ने जानकारी दिनुभयो ।  

भौगोलिक दृष्टिकोणले मालिका विकट जस्तो भए पनि त्यही विकटलाई निकट बनाउने लिगलिगे डौडमा गाउँपालिका यतिबेला विस्तारै अघि बढिरहेको छ । पर्यटकीय क्षेत्रका हिसाबले पर्यटनको प्रचूर सम्भावना रहेको मालिका आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा पार्नका लागि गाउँपालिकाले पनि पर्यटकीय क्षेत्रको विकासमा जोड दिँदै आएको छ ।  गाउँपालिका अध्यक्ष रितबहादुर थापाले सम्भाव्यता अध्ययनसहित १५ दिने महोत्सवमार्फत मालिका प्याराग्लाइडिङको हिसाबले एउटा व्यावसायिक केन्द्र बन्नसक्ने बताउनुभयो । उहाँले गाउँपालिकाकोतर्फबाट आगामी दिनमा थप सहयोग र निरन्तरताका लागि पहल गर्ने जानकारीदिनुभयो । बाह्य पर्यटकले लामो दूरीमा प्याराग्लाइडिङ गर्न मन पराउने भएका कारण मालिका प्याराग्लाइडिङका लागि उपयुक्त गन्तव्य हुनसक्ने गाउँपालिकाले जनाएको छ । 

बजार र व्यवसायीलाई उत्साह थप्न गाउँपालिकाकोतर्फबाट ४० प्रतिशत र बजार व्यवस्थापन समितिको ६० प्रतिशत लगानी गरेर प्याराग्लाइडिङ महोत्सव सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताउनुभयो  । गाउँपालिका आफैँले महोत्सव सञ्चालन नगरे पनि स्थानीय सङ्घसंस्थाले गरेका कार्यक्रममा समन्वय र सहकार्य गर्दै जाने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिनुभयो  ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला