२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

बिर्तामोडमा जिल्लास्तरीय कार्यक्रमकासाथ मनाइयो भूकम्प सुरक्षा दिवस

२ माघ २०७२, शनिबार ०७:५२

jhapa
news

माघ २, बिर्तामोड । १८औं राष्ट्रिय भूकम्प सुरक्षा
दिवस आज शनिवार झापामा विविध कार्यक्रमकासाथ मनाइएको छ । झापाको बिर्तामोडमा विभिन्न पाँच संस्थाको
संयुक्त आयोजनामा जिल्ला स्तरीय कार्यक्रमका साथ उक्त दिवस मनाइयो ।

विर्तामोड नगरपालिका, नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोड, नेपाल पत्रकार महासंघ झापा,
झापा उद्योग बाणिज्य संघ शाखा बिर्तामोड र मारवाडी युवा मञ्च बिर्तामोडको संयुक्त आयोजनामा र्याली, सभा
र चेतनामूलक प्रस्तुतिका साथ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जनचेतनाको अभावमा भूकम्पका कारण ठूलो जनधनको क्षति भइरहेको भन्दै क्षति न्यूनीकरण
गर्न गाउँ–घरसम्म जनचेतना अभियान सशक्त बनाउनुपर्नेमा जोड दिइयो ।

‘बैशाख १२ मा गईहाल्यो भुइँचालो, सुरक्षित पुनःनिर्माणमा जुट्ने हाम्रो पालो’ भन्ने नाराका
साथ बिर्तामोडको अतिथि सदनबाट शुरु भएको व्यानर र प्ले कार्डसहितको र्यालीले बिर्तामोड परिक्रमा गरेको
थियो । र्यालीपछि आयोजित सभाको उद्घाटन गर्दै प्रमुख अतिथि भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका
इञ्जीनियर किशोर तिम्सिनाले भूकम्पले पुर्याउने क्षति र अपनाउनुपर्ने सावधानी बारे जानकारी गराएका थिए

बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रवीन्द्र वस्तीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली
कांग्रेसका रामलाल उप्रेती, झापा उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की, रेडक्रस
बिर्तामोडका सभापति सजेश शिवाकोटीले भूकम्पबाट हुने क्षति कम गर्न राजनीतिक दल र सामाजिक संघ–संस्थाले
निर्वाह गर्नुपर्ने दायित्व बारे धारणा राखेका थिए ।

jhapa
news 2

पत्रकार महासंघ झापाका सचिव एकराज गिरीले सञ्चालन गरेको कार्यक्रममा स्वागत
मारवाडी युवा मञ्च बिर्तामोडका अध्यक्ष रोनक बंशलले गरेका थिए । र्यालीमा नेपाल प्रहरी,नेपाली
सेना,सशस्त्र प्रहरी,टाफिक प्रहरी सहित झापाका दुई दर्जन बढी संस्थाका प्रतिनिधि व्यानरसहित सहभागी थिए

कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत वस्तीले सहरी
विकास तथा भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी संरचना बनाउन सके मात्र मानिसको जीवन सुरक्षित हुने धारणा
राखेका थिए । यसबर्षको भूकम्प सुरक्षा दिवसको थीम ‘भूकम्प प्रतिरोधी घर संरचना, सुरक्षित नेपाल हाम्रो
चाहना’ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव