२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

बिर्तामोडमा जिल्लास्तरीय कार्यक्रमकासाथ मनाइयो भूकम्प सुरक्षा दिवस

२०७२, २ माघ शनिबार ०७:५२

jhapa
news

माघ २, बिर्तामोड । १८औं राष्ट्रिय भूकम्प सुरक्षा
दिवस आज शनिवार झापामा विविध कार्यक्रमकासाथ मनाइएको छ । झापाको बिर्तामोडमा विभिन्न पाँच संस्थाको
संयुक्त आयोजनामा जिल्ला स्तरीय कार्यक्रमका साथ उक्त दिवस मनाइयो ।

विर्तामोड नगरपालिका, नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोड, नेपाल पत्रकार महासंघ झापा,
झापा उद्योग बाणिज्य संघ शाखा बिर्तामोड र मारवाडी युवा मञ्च बिर्तामोडको संयुक्त आयोजनामा र्याली, सभा
र चेतनामूलक प्रस्तुतिका साथ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जनचेतनाको अभावमा भूकम्पका कारण ठूलो जनधनको क्षति भइरहेको भन्दै क्षति न्यूनीकरण
गर्न गाउँ–घरसम्म जनचेतना अभियान सशक्त बनाउनुपर्नेमा जोड दिइयो ।

‘बैशाख १२ मा गईहाल्यो भुइँचालो, सुरक्षित पुनःनिर्माणमा जुट्ने हाम्रो पालो’ भन्ने नाराका
साथ बिर्तामोडको अतिथि सदनबाट शुरु भएको व्यानर र प्ले कार्डसहितको र्यालीले बिर्तामोड परिक्रमा गरेको
थियो । र्यालीपछि आयोजित सभाको उद्घाटन गर्दै प्रमुख अतिथि भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका
इञ्जीनियर किशोर तिम्सिनाले भूकम्पले पुर्याउने क्षति र अपनाउनुपर्ने सावधानी बारे जानकारी गराएका थिए

बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रवीन्द्र वस्तीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली
कांग्रेसका रामलाल उप्रेती, झापा उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की, रेडक्रस
बिर्तामोडका सभापति सजेश शिवाकोटीले भूकम्पबाट हुने क्षति कम गर्न राजनीतिक दल र सामाजिक संघ–संस्थाले
निर्वाह गर्नुपर्ने दायित्व बारे धारणा राखेका थिए ।

jhapa
news 2

पत्रकार महासंघ झापाका सचिव एकराज गिरीले सञ्चालन गरेको कार्यक्रममा स्वागत
मारवाडी युवा मञ्च बिर्तामोडका अध्यक्ष रोनक बंशलले गरेका थिए । र्यालीमा नेपाल प्रहरी,नेपाली
सेना,सशस्त्र प्रहरी,टाफिक प्रहरी सहित झापाका दुई दर्जन बढी संस्थाका प्रतिनिधि व्यानरसहित सहभागी थिए

कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत वस्तीले सहरी
विकास तथा भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी संरचना बनाउन सके मात्र मानिसको जीवन सुरक्षित हुने धारणा
राखेका थिए । यसबर्षको भूकम्प सुरक्षा दिवसको थीम ‘भूकम्प प्रतिरोधी घर संरचना, सुरक्षित नेपाल हाम्रो
चाहना’ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन