२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राहदानी बनाउनेको सङ्ख्या बढ्दो

२०७७, ४ चैत्र बुधबार ०२:१०

चैत ४, काठमाडौं । विदेश भ्रमण, अध्ययन तथा रोजगारीमा जाने क्रम बढेसँगै राहदानी बनाउनेको सङ्ख्या बढेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण वैदेशिक भ्रमण तथा रोजगारीमा जाने कम भएका कारण महामारीको झन्डै एक वर्ष राहदानी बनाउनेको सङ्ख्या घटेको थियो तर कोरोना भाइरस सङ्क्रमण मत्थर हुँदै गएपछि डेढ महिना यतादेखि राहदानी बनाउनेकोे सङ्ख्या बढ्न थालेको हो ।

राहदानी विभागका निर्देशक राजेन्द्र पाण्डेले भने, “राहदानी बनाउने बढेका होइनन् तर पुरानै अवस्थामा राहदानी बनाउनेको सङ्ख्या कायम हुन थालेको हो ।”उनका अनुसार विगतमा जस्तै अहिले दैनिक ४५ हजार जति राहदानी बन्न थालेको छ ।

विभागमा अहिले राहदानी बनाउनेसँगै राहदानी नवीकरण गर्नेको सङ्ख्या पनि धेरै हुने गरेको छ । उनले पुरानो राहदानीको म्याद सकिँदा कुनै पनि थप शुल्क वा जरिवाना नलाग्ने प्रस्ट्याए ।

उनले थपे, “म्याद सकिएको १५ वर्षपछि राहदानी बनाउन आउँदा पनि जरिवाना लाग्दैन ।” विगत एक वर्षमा तीन लाख ९८ हजार ८४२ ले राहदानी बनाएका थिए, जसमध्ये विभागबाट एक लाख ४१ हजार ३०५, जिल्लाबाट दुई लाख ४४ हजार ५८७ र विभिन्न वैदेशिक मिसनका कार्यालयबाट १२ हजार ९५० वटा राहदानी जारी भएका थिए ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने