२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीपक्षीय नेताको द्विविधा : हो भन्ने, गएर छुचो नबन्ने

२०७७, ४ चैत्र बुधबार ०२:२३

चैत ४, काठमाडौं । एमालेभित्र अन्तरसंघर्ष चुलिइरहँदा दुई समूहका नेताबीच रत्ति पनि संवाद भएन भन्ने आम बुझाई गलत हो, तर ‘मिलौँ’ भन्नेहरु नै ‘हामी त सक्दैनौँ’ भनेर टक्टकिने गरेका छन् । ओलीपक्षीय नेतामध्ये विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङहरु माधवपक्षीय विभिन्न नेतासँग संवादमा छन् ।

माधव पक्षबाट केपीलाई सच्याउनका निम्ति विभिन्न प्रस्ताव राखिन्छ । ती कुराचाहिँ आफूबाट सम्भव नहुने भन्दै कुराकानी नै छाडेर उनीहरु पन्छिन्छन् । माथि नाम भएका सबै नेताको एउटै भनाइ हुन्छ, ‘हामी कुरा पु¥याउनै सक्दैनौँ ।’ माधव पक्षका नेताहरु केपीबाट भएका कमजोरी र त्रुटीबारे चर्चा गर्छन्, केपीपक्षीय ती नेताहरु कुनै पनि कुरा अस्वीकार गर्दैनन्, बरु निरीह भएर जवाफ दिन्छन्, ‘हामीलाई पनि चित्त बुझेकै छैन ।’

यी संवादले भन्छ– प्रधानमन्त्री केपी ओली निश्चित घेराभित्र बसेर सबै कुरा गर्दै छन् । उनी सुझबुझका साथ हैन, हडबडे शैलीमा, अगाडि भएकाले जे–जे भन्छन्, त्यसआधारमा चल्दै छन्् । जस्तो कि, ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठकलाई विधिपूर्वक आयोजना गरौँ, त्यसो गर्दा माधवपक्षीय नेतालाई पनि ल्याउन सकिन्छ भन्ने सुझाव नेताहरुले दिन चाहेका छन्, तर प्रधानमन्त्री सुन्न चाहन्नन् ।

भुकृटीमण्डपमा भाषण गरेर, अनि टेलिभिजन अन्तर्वार्ताबाट बैठक र चियापानको निम्तो गरिएको कुरा माधव पक्षले मानेको छैन । हरेक बैठकअघि सचिवालयले बैठकका कार्यसूची तय गर्ने एमालेको प्रचलन हो । त्यही सचिवालयले स्थायी कमिटी, पोलिट्व्युरो र केन्द्रीय कमिटीसम्मैका कार्यसूची बनाउँछ ।

सचिवालयले एजेण्डा बनाएपछि स्थायी कमिटीबाट पारित गर्ने र त्यसपछिका बैठकमा जाने प्रचलन अहिले केपीपक्षबाट पालना गरिएको छैन । बरु, उल्टै पदाधिकारी, अर्थात् सचिवालय नै खारेज गरिएको छ । सचिवालय महासचिव संयोजकत्वको हुन्छ, त्यसमा पाँचै सचिवसहित मोर्चा संगठन प्रमुख र आर्थिक विभाग प्रमुख रहेन गरेका छन् । तर, पदाधिकारी नै खारेज गरेर सचिवालयविहीन स्थिति छ ।

आजको जनआस्थासाप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने