२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाको त्रासः भारतबाट आएकामा संक्रमण पुष्टि, नेपालमा गम्भीर लापरवाही

२०७७, ९ चैत्र सोमबार ०२:१८

चैत ९, काठमाडौं । छिमेकी मुलुक भारतमा दोस्रो चरणको संक्रमण फैलिएपछि नेपालमा पनि जोखिम बढेको सरोकारवालाहरूले औँल्याएका छन् । आइतबार भारतबाट नेपाल आएका व्यक्तिमा कोरोनासंक्रमण पुष्टि भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डा. कृष्ण पौडेलका अनुसार पश्चिम नाकाबाट नेपाल प्रवेश गरेका एक नेपालीमा एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

भारतमा कोरोना संक्रमण दर बढे पनि नेपालले खासै तयारी नगरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीको भनाइ छ । जोखिम रोक्न सीमानाकामा अपनाउनुपर्ने प्रभावकारी संयन्त्र र मुलुकभित्रै अपनाउनुपर्ने जनस्वास्थ्य मापदण्डमा लापरवाही भइरहेको देखिएको उनले बताए ।

‘बसभित्र मास्कको प्रयोग भएको देखिँदैन, सडकमा पनि मानिस खुलेआम हिँडेको देखिन्छ,’ उनले चिन्ता प्रकट गरे, ‘अन्तर्राष्ट्रिय विमानस्थलमा समेत लापरवाही छ ।

जोखिममा रहेका देशबाट आएका पर्यटकलाई समेत होटल क्वारेन्टिनमा नराखी सीधै समुदायमा जान दिएको पाइएको छ ।’

भारतमा दोस्रो चरणको कोरोना फैलिएको र कतिपय राज्यमा लकडाउनसमेत भइसकेको छ । त्यहाँ कार्यरत नेपाली घर आउँदा संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ ।

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने