चैत १०, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालमा ४ हजार ३२ पीसीआर परीक्षण गर्दा १ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या १ हजार १ सय २८ रहेको छ । पछिल्लो २४ घण्टामा थप ७७ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ९७ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ रहेको छ । हालसम्म देशभर २२ लाख ४५ हजार ३० नमुनाको पीसीआर परीक्षण भएको मन्त्रालयको तथ्यांक छ ।
क्वारेन्टाइनमा ४८ जना रहेका छन्।