२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान, मरिसस र इजरायलसँग श्रम सम्झौता मात्र, कामदार जान पाएनन्

२०७७, ११ चैत्र बुधबार ०२:२३

चैत ११, काठमाडौं । रोजगारीका लागि राम्रा गन्तव्य मानिएका जापान, मरिसस र इजरायलसँग सरकारले श्रम सम्झौता गरे पनि ती मुलुकमा कामदार पठाउने प्रक्रिया सुरु नहुँदा सम्झौतामाथि नै प्रश्न उठेको छ । कामदार जान नसकेपछि ती मुलुकसँग किन सम्झौता गरिएको भन्दै प्रश्न उठेको हो ।

‘सरकारले रोजगारीका लागि इजरायल पठाउने घोषणा गरेपछि कहिले सुरु हुन्छ भनेर वैदेशिक रोजगार विभागमा सोध्न गइरहेको छु,’ रामेछापका जयन्त भण्डारीले भने, ‘विभागका कर्मचारी नै कहिले खुल्छ भन्न सक्दैनन् ।’ सरकारले केही महिनाअघि श्रम सम्झौता गरेको इजरायल मात्र होइन, दुई वर्षअघि सम्झौता गरेको जापान र मरिसस कहिले पठाउने हो, अन्योल छ ।

असोजमा इजरायलसँग अन्तिम श्रम सम्झौता गरेको सरकारले गत जनवरीदेखि इजरायलमा कामदार पठाउने घोषणा गरेकाले अहिले ठूलो संख्याका युवायुवती सोधीखोजीका लागि विभाग पुग्ने गरेका छन् । गत असोजमा इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच सरकारीस्तरमा श्रम सम्झौता भएको थियो ।

सोही सम्झौताका आधारमा सन् २०२१ को जनवरीदेखि नेपालबाट श्रमिक छनोट गरेर लैजाने प्रक्रिया अगाडि बढ्ने विभागले जानकारी दिएको थियो । त्यस्तै, नेपाल र जापानबीच २०७५ सालमा चैत १९ मा श्रमिक आपूर्तिबारे सहमति भएको थियो ।

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने