२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल पक्षमा साढे ३ लाख कार्यकर्ता भएको दाबी

२०७७, ११ चैत्र बुधबार ०२:२५

चैत ११, काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई स्पष्टीकरण सोधेपछि नेपाल समूहले आफ्नो पक्षमा रहेका साढे तीन लाख नेता–कार्यकर्तालाई नै कारबाही गर्न चुनौती दिएका छन्। अध्यक्ष ओलीले वैधानिक रूपमा केन्द्रीय कमिटीको बैठक नराखी नेपाल समूहलाई तर्साउने र कारबाही गर्ने नियतले चार नेतालाई स्पष्टीकरण सोधेका छन्। 

ओलीको यस्तो रबैयाबाट रुष्ट नेपाल समूहले आफ्नो साथमा साढे तीन लाख नेता–कार्यकर्ता रहेको भन्दै ती सबैलाई कारबाही गर्न चुनौती दिएको हो।  

ओली समूहले फागुन २८ गते आफू पक्षीय केन्द्रीय कमिटीको बैठक राखेर कमिटीमा सदस्यहरू थप गरी नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेको थियो। नेपाल–झलनाथ खनाल पक्षले त्यो निर्णय अमान्य भन्दै सच्याउनुपर्ने, केन्द्रीय कमिटीको नवौं बैठकबाट पार्टीका काम अघि बढाउनुपर्नेलगायत माग राखेकै बेला ओलीले चारजना नेतालाई स्पष्टीकरण सोधेपछि विवाद उत्कर्षमा पुगेको छ।

ओली समूहले फागुन २८ गतेको निर्णय सच्याउन नमानेपछि नेपाल–खनाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ताको भेला गरेको थियो। भेलाले एमालेभित्रै बसेर ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने निर्णय गरेको थियो। त्यसबाट रुष्ट ओलीले नेपालसहित उनी पक्षका नेताहरूलाई तर्साउन स्पष्टीकरण सोधेका हुन्।

नेपाल समूहले राजनीतिक रूपमै स्पष्टीकरणको जबाफ दिने तर ओलीसामु घुँडा नटेक्ने जनाएको छ। वरिष्ठ नेता नेपालले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएका बेला ओलीले जनताको बहुदलीय जनवाद (जबज) लाई तिलाञ्जली दिएका कारण जबजको असली हकदार उनी नभएको बताइसकेका छन्। 

नेपालले स्पष्टीकरणबाट आफूहरू नतर्सिने बताएका छन्। आफूनिकट अनेरास्ववियुको भेलालाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले भने, ‘के हामी केपी ओलीका अगाडि घुँडा टेक्ने बाटोमा जाने हो, आत्मसमर्पण गर्ने बाटोमा जाने हो ? कि केपी ओलीको टाङमुनि छिर्ने बाटोमा जाने हो ? यो कुरा हामीलाई किमार्थ मन्जुर छैन। त्यसकारण हामी केपी ओलीको कथित स्पष्टीकरणबाट तर्सिएका छैनौं, आतंकित भएका छैनौं, केपी प्रवृत्तिविरुद्ध लड्छौं।’

नेपाल पक्षमा रहेका एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले नवौं महाधिवेशनको विधि, विधान र अवस्था हेर्ने हो भने पार्टीका सात लाख कार्यकर्तामध्ये साढे तीन लाखभन्दा बढी नेपाल पक्षमा रहेको र त्यसको पुष्टि चैत ४ र ५ गतेको राष्ट्रिय भेलाले पनि गरेको बताए।  नागरिक दैनिकमा विस्तृतमा खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने