६ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङमा अधिकांश सिसिटिभी बिग्रिए : अपराध नियन्त्रणमा समस्या

१२ चैत्र २०७७, बिहीबार ०८:३३

जनक श्रेष्ठ । चैत १२ लमजुङ । लमजुङका सार्वजनिक क्षेत्रमा जडान गरिएका अधिकांश सिसिटिभी क्यामरा बिग्रिएका छन् । सरकारी निकायको आवश्यक समन्वय र चासो नहुँदा सिसिटिभी मर्मत हुन नसकेका हुन् । त्यसले गर्दा आपराधिक घटना भइहाले पनि अपराधीलाई चाँडो पक्राउ गर्न र जनतालाई शान्तिसुरक्षाको अनुभूति दिलाउनमा प्रहरीलाई समस्या हुने गरेको छ । 

प्रहरीले सिसिटिभीको अभावले काममा कठिनाइ भएको बताउँदै आएको छ । जिल्लामा हालसम्म ४४ वटा सिसिटिभी सडकमा जडान भएका छन् । तीमध्ये आठ वटामात्र सञ्चालनमा छन् । त्यही पनि सामान्य खालका मात्र रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ओमप्रकाश पुनले बताउनुभयो । 

बेँसीशहर नगरपालिकामा जडान गरिएका ३२ वटा सिसिटिभीमध्ये हाल चार र मध्यनेपाल नगरपालिकामा जडान गरिएका १२ वटा सिसिटिभीमध्ये चार गरी आठ बटा मात्र सञ्चालनमा रहेको र अरु सबै बिग्रिएका छन् । बेँसीशहरमा जडान गरिएका सिसिटिभी गत वर्षको पुससम्म १२ वटा सञ्चालनमा आए पनि सोहीमध्ये पनि  बिग्रिएर तीन महिनादेखि चार वटा मात्रै सिसिटिभीले काम गरिरहेको प्रहरी निरीक्षक पुनको भनाइ छ । 

बेँसीशहर बजारका फुलबारी, नारायणस्थान, भीमसेनस्थान, मनाङेचौतारा, शेराबजार, मजुवाखोला, ठाडोलाइन लगायतका स्थानमा सिसिटिभी जडान गरिएको छ । तर बिग्रए पश्चात् लामो समयसम्म पनि मर्मत नभएकाले अधिकांश सिसिटिभीले काम नगरेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक पुनले भन्नुभयो, “हामीलाई अपराध नियन्त्रण तथा विभिन्न घटना सहज रुपमा पत्ता लगाउनलाई सिसिटिभीले मद्दत गर्ने गर्दछ, तर यहाँ जडान गरिएका अधिकांश सिसिटिभी नै बिग्रिएको समस्या भइरहेको छ ।”

उहाँले सिसिटिभी जडान भएका क्षेत्रमा विभिन्न पसलमा मोबाइल चोरी गरेका तीन÷चार जना र विभिन्न घटना घटाउँदै गएका केही व्यक्तिलाई समातेका थियौँ भन्दै सिसिटिभी बिग्रिँदा प्रहरीलाई पनि अपराध नियन्त्रणमा कठिनाइ भइरहेको बताउनुभयो ।  प्रहरी निरीक्षक पुनले भन्नुभयो, “विषेशगरी पसल चोरी, विभिन्न दुर्घटनादेखि रातिको समयमा आएका सवारी साधन, रातिको समयमा हिँडेका व्यक्तिले गरेका सबै क्रियाकलाप प्रहरी कार्यालयमा रहेको सिसिटिभीको कन्ट्रोल कक्षबाटै देख्न सकिन्थ्यो, सिसिटिभी बिग्रिएकाले प्रहरी नै विभिन्न स्थानमा खटिनु परिरहेको छ ।” 

उहाँका अनुसार सिसिटिभीको अभाव हुँदा शान्तिसुरक्षा कायम गर्न, अपराध अनुसन्धान गर्न जटिल हुने गरेको छ । यस्तै, ट्राफिक व्यवस्थापन तथा दुर्घटना हुँदाको अवस्था बुझ्न पनि ट्राफिक प्रहरीलाई अप्ठ्यारो भएको छ । विभिन्न अनुसन्धान गर्नका लागि कुनै पसलले वा अफिसले राखेका सिसिटिभीमा गएर प्रहरीले हेर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । रु २० लाख बराबरको २४ वटा सिसिटिभी विसं २०७४ जेठ १८ गते जडान गरिएको थियो । बेँसीशहर नगरपालकाभित्रका सिसिटिभीको मर्मतसम्भारको जिम्मा दुई वर्षदेखि नगरपालिकाले लिँदै आएको छ । तर समयमै मर्मतसम्भार हुन नसक्दा अधिकांश क्यामराले काम गरेका छैनन् । बेँसीशहर नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेलका अनुसार केही समयअघि बसेको कार्यपालिका बैठकले मर्मतसम्भारका लागि रु साढे चार लाख बजेट छुट्याएको हुँदा चाँडै मर्मतको काम शुरु हुने बताउनुभयो । 

झोला निर्माण तालीम 

उद्यमी जन्माउने लक्ष्यसहित यहाँ सञ्चालित एक महिने झोला बनाउने तालीम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग  विकास कार्यालय लमजुङद्वारा राइनास नगरपालिमा यहाँका ११ जना महिलालाई प्रदान गरिएको एक महिने सिलाइकटाइ तालीम मङ्गलबार साँझ सम्पन्न भएको छ । 

“सीप सिकौँ स्वरोजगार बनौँ समृद्ध नेपालको निर्माण गरौँ” भन्ने नाराका साथ फागुन ९ गतेबाट शुरु गरिएको तालीमको समापन अवसरमा घरेलु तथा साना उद्योग विकास समितिका सूचना अधिकारी तथा प्रमुख प्रशिक्षक बन्दना आर्चायले पर्यटन लक्षित झोला बुनाइ तालीमले आर्थिक उपार्जनमासमेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

चालू वर्षमा सीप विकास कार्यक्रमअन्तर्गत  दोर्दी गाउँपालिकामा नेपाली हस्तनिर्मित कागज बनाउने तालीम, १० दिने उद्यमशीलता विकास तालीम, जिल्ला कारागारमा कैदीबन्दीका लागि ४५ दिने प्लम्बिङ तालीम, सिलाइकटाइलगायतका कार्यक्रम सम्पन्न गरेको घरेलु तथा साना उद्योग विकास कार्यालय लमजुङले जनाएको  छ । 

अनुदानमा हाते ट्र्याक्टर वितरण  

दूधपोखरी गाउँपालिकाले ५६ जना किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । कृषिमा आधुनिकिकरण गरी उत्पादन वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा ५६ जना किसानलाई खेतबारी जोत्ने ट्र्याक्टर वितरण गरेको जनाएको छ । 

गाउँपालिकाले किसानको माग अनुसार ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको दूधपोखरी गाउँपालिका कृषि शाखाका प्रमुख गोविन्द घिमिरेले बताउनुभयो । उहाँले यसका लागि चालू आर्थिक वर्षमा रु १९ लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । गाउँपालिकाले प्रतिकिसान रु ३८ हजार आठ सय मूल्य बराबरको हाते ट्रयाक्टर ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो । 

गाउँपालिकाका अध्यक्ष छुपीमाया गुरुङले ट्रयाक्टरको प्रयोगबाट  किसानलाई सहज हुने बताउँदै कृषिमा आधुनिकीरण र व्यवसायीकरण गरी उत्पादन वृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय युवा पुस्ता कामको सिलसिलामा बाहिरिएको र गोरुसमेत पाउन गाह्रो भएको अवस्थामा आधुनिक हाते ट्र्याक्टर पाएसँगै किसानले समयको समेत सदुपयोग हुने भन्दै खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै हँसिया प्रहार गरी ५६ वर्षीय कर्णबहादुरको हत्या