१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेपत्ता झा दम्पतीको कङ्काल भेटियो

१२ चैत्र २०७७, बिहीबार १०:५३

चैत १२, महोत्तरी । गत फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा ओछ्यानसहित बेपत्ता भएका महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीको आज अपराह्न कङ्काल फेला परेको छ ।

प्रदेश नं २ का प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले छुट्टाछुट्टै दुईवटा प्लाष्टिक बोरामा शरीरका सबै मासु गलिसकेको र कङ्काल मात्रै बाँकी रहेको अवस्थामा झा दम्पती शव फेला परेका जानकारी दिनुभयो ।  दुवै कङ्काल झा दम्पतीकै रहेको निजका छोरा मनिषकुमार झाले पहिचान गरेको प्रहरी नायब महानिरीक्षक सिंहले बताउनुभयो । 

मृतकका छोरा मनिषले बुवालाई उनले लगाएको कपडा र आमालाई उनले लगाएकी चुरा र पोतेको आधारमा पहिचान गरेको उहाँले जानकारी दिनुभयो । आज दिउँसो पिपरा–२ स्थित पिपरा–धिरापुर सडकखण्डमा गत वर्षको बाढीले २० फिट गहिरो हुने गरी माटो बगाई बनाएको खाल्डो पुर्ने क्रममा स्काभेटरले नयाँ–नयाँ पुरिएको माटो मिलाउन खोज्दा स्काभेटरको बकेटमा कङ्काल रहेको बोरा आएपछि झा दम्पतीको पत्ता लागेको हो ।

घटनास्थलमा प्रदेश नं २ को प्रहरी , जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सहोडवाका टोली पुगी दुवै कङ्कालको उत्खनन गरी आवश्यक जाँचका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको जनाएको छ ।

झा दम्पतीको खोजतलासका लागि प्रहरीले जिल्लाको ४२ पोखरीमा खोजतलास गरिसकेको थियो भने चार दर्जन बढी व्यक्तिलाई सोधपुछ गरिसकेको थियो । त्यस्तै घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई सार्वजनिकसमेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल