चैत १२, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५ सय ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ७२ हजार २ सय ७२ पुगेको मन्त्रालयको तथ्यांक छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार २ सय १७ रहेको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार २० जनाको मृत्यु भएको छ । यस्तै क्वारेन्टाइनमा ५५ र आइसोलेसनमा १२ सय १७ जना रहेका छन् ।