२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागमती प्रदेशमा आइतबार यता संक्रमित बढ्दै

२०७७, १३ चैत्र शुक्रबार ०२:२४

चैत १३, काठमाडौं । बागमती प्रदेशका जिल्लामा पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको छ । प्रदेशका जिल्लाहरूमा गरिएको आरटी–पीसीआर परीक्षणको क्रममा कोरोना सङ्क्रिमतको सङ्ख्या आइतबारयता बढेको छ ।

आइतबार प्रदेशभर ४४ जनामा कोरोना सङ्क्रमण भएकोमा सोमबार ९६ जनामा देखिएकोमा मङ्गलबार बढेर १०३ जनामा कोरोना सङ्क्रमण भएको छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले पछिल्ला दिनमा भएको राजनीतिक सभा सम्मेलन, भेला र नागरिकले सुरक्षित व्यवहार नगर्दा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको जानकारी दिए ।

व्यवहार परिवर्तन चुनौतीपूर्ण बनेको भन्दै उनले पछिल्ला दिनमा नागरिकले मास्क लगाउन र भेला र भीडभाडमा दूरी कायम गर्नेतर्फ वास्ता गर्न छाडेकाले कोरोनाको जोखिम बढेको बताए ।

उनले कोरोना भाइरसको जोखिम र सङ्क्रमण नियन्त्रण गर्न प्रदेश सरकार तयारी अवस्थामा रहे पनि अनियन्त्रित भएमा सरकारको प्रयास अपर्याप्त हुन सक्ने भएकाले रोकथाम आवश्यक भएको बताए ।

मन्त्रालयका अनुसार प्रदेशभरमा पीसीआर परीक्षण गर्दा गत शुक्रबार ५१, शनिबार ६२ जनामा कोरोना सङ्क्रमण भएको पाइएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने