१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

गाउँघरमा चिकित्सक कार्यक्रम : दुर्गम गाउँमा स्वास्थ्य शिविर

१३ चैत्र २०७७, शुक्रबार ०६:१०

चैत १३, बझाङ । जिल्ला अस्पताल बझाङको डाक्टरसहितको स्वास्थ्यकर्मीको टोलीले जिल्लाका दुर्गम गाउँमा गएर सेवा दिन थालेका छन् । जिल्लाका १२ वटा स्थानीय तहका दुर्गम गाउँमा गएर टोलीले स्वास्थ्य सेवा प्रवाह गरिरहेको हो । गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत बिहीबार सुर्मा गाउँपालिका–१ मा रहेको दुर्गम गाउँ पुदालीमा सेवा दिएको छ । दुई डाक्टरसहितको टोलीले ग्रामीण भेगमा वसोवास गर्ने विपन्न वर्गलाई लक्षित गरी सेवा प्रवाह गरिरहेका छन् । टोलीले निःशुल्करुपमा ओपिडी सेवा, प्रयोगशाला सेवा, भिडियो एक्स–रे सेवा, महिलाको पाठेघरसम्बन्धी सेवा, आकस्मिक सेवा, फार्मेसी सेवा र यौन रोगसम्बन्धी सेवा गाउँमा गएर दिँदै आएको जिल्ला अस्पताल बझाङका प्रमुख डा सन्दिप ओखेडाले बताउनुभयो । 

उहाँले जिल्लाको १२ वटा पालिकाको अति दुर्गम गाउँमा गएर स्वास्थ्य शिविरका रुपमा उपचार गर्दै आएकोसमेत बताउनुभयो । गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीय निकै खुशी भएका छन् । सुर्मा गाउँपालिका–१ का जयबहादुर बोहराले भन्नुभयो, “यसरी हामीले गाउँमा आएर सबै सेवा पाउने आशा गरेका थिएनौँ तर यहाँ त सबै सुविधा गाउँमै दिने रहेछ ।” वर्षौंदेखि पेटको समस्या थियो, पैसा नहुँदा अस्पतालसम्म जान सकेको थिएन, यो धेरै राम्रो काम ग¥यो जिल्ला अस्पताल बोहराको मात्र होइनन् सुर्मा गाउँपालिकाका अन्य शिविरमा सहभागीको भनाइ पनि उस्तै रहेको छ ।

गाउँपालिका अध्यक्ष नरबहादुर बोहराले भन्नुभयो, “सधैँ गाउँपालिकाको केन्द्रमा मात्र शिविर आउने हँुदा योपटक भने दुर्गम गाउँका विपन्न समुदायलाई लक्षित गरी यो कार्यक्रमको छनोट गरेको हो ।” उहाँले स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण कुरा भएकाले सबैलाई शिविरमा आएर उपचार गराउन आग्रहसमेत गर्नुभयो । गाउँपालिका प्रवक्तासमेत रहेका वडा नं १ का वडाध्यक्ष पुस्कल बोहराले गाउँमा यसरी औषधिसहितको टोली आएर घरमा उपचार गराउन पाउनु यहाँका जनताका लागि खुशीको कुरा भएकाले सबैले आएर सहभागी हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले दुर्गम गाउँमा विशेषज्ञसहितको सेवाले ग्रामीण भेगमा बस्ने समुदायका जनताको घरमै गएर स्वास्थ्य परीक्षण गराउन पाउँदा आफ्नो ठूलो उपलब्धि भएकोसमेत बताउनुभयो । शिविरमा २१८ जनाले सेवा लिएका छन् जसमा ७१ जनाले भिडियो एक्स–रे, ३४ जनाले डेन्टल सेवा, ४६ जना महिलाले पाठेघरको मुखको क्यान्सरसम्बन्धी सेवा, ३४ जनाले प्रयोगशाला र दुई जनाले इम्प्लान्ट लगाएको, जिल्ला अस्पताल सिमखेतका डा देवराज रतालाले जानकारी दिनुभएको छ । शिविरमा जिल्ला अस्पताल सिमखेतबाट नौ जना डाक्टरको टोली खटिएको थियो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल