१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नौ सय खाद्य वस्तुको नमूना परीक्षण

१३ चैत्र २०७७, शुक्रबार ०६:१३

चैत १३, काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आठ महीनाको अवधिमा ८८१ वटा वस्तुको नमूना परीक्षण गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म बजार अनुगमन तथा निरीक्षण गर्दा विभिन्न स्थानबाट दुई हजार बढी वस्तुको नमूना सङ्कलन गरेको थियो । 

विभाग मातहतका ४३ कार्यालयबाट बजार निरीक्षण तथा अनुगमनबाट चालू आवको पहिलो चौमासिकमा एक हजार १८९ र दोस्रो आवमा एक हजार ९५ गरी आठ महीनाको अवधिमा दुई हजार २८४ वटा वस्तुको नमूना सङ्कलन गरिएको विभागका महानिर्देशक उपेन्द्र रायले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो चौमासिकमा ८८१ वटा नमूनाको विश्लेषण गरिएको थियो ।ती वस्तुमा २७४ खाद्यान्न तथा दलहनजन्य, १२४ तेल तथा घ्यूजन्य, ९८ वटा दाना, ९१ फल तथा सागपातजन्य, ६९ वटा मसला, ३१ वटा कन्फेक्सनरिका, २९ प्रशोधित पिउने पानी र १९ वटा दूध तथा दुग्ध पदार्थको नमूना विश्लेषण गरिएको थियो ।

नमूना विश्लेषण गर्दा दोस्रो चौमासिकमा ५७ नमूना मापदण्डविपरीतका रहेका थिए । विभिागको तथ्याङ्कअनुसार पहिलो चौमासिकमा ७० नमूना मापदण्डविपरीत रहेका थिए । आठ महीनाको अवधिमा १२७ वटा नमूना मापदण्ड विपरीतका छन् । सोमध्ये दानाका ३१ नमूना, प्रशोधित पिउने पानीका १८ नमूना, खाद्यान्नका २० नमूना, तेल तथा घ्यूजन्य १९ नमूनालगायतका अन्य खाद्य पदार्थका नमूना रहेका थिए ।

७६ मुद्दा दर्ता

विभागले चालू आवको आठ महीनाको अवधिमा खाद्य ऐन तथा नियमानुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गर्ने ७६ मुद्दा दर्ता गरेको छ । विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर पहिलो चौमासिकमा २६ र दोस्रो चौमासिकमा ५० थान मुद्दा दर्ता भएको महानिर्देशक रायले जानकारी दिनुभयो । 

उहाँका अनुसार सबैभन्दा धेरै मुद्दा प्रशोधित पिउने पानीमा रहेको छन् । आठ महीनाको अवधिमा पानीका ११, तयारी चाउचाउ सात, मसला छ, घ्यू पाँच, तेल, बेकरी, दाना, बिस्कुटलगायत उद्योगमा चार वटा मुद्दा दर्ता भएको छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल