चैत १३, काठमाडौं । काठमाडौँ उपत्यकाको आकाशमा प्रदूषण बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हवाई उडान प्रभावित भएको छ ।
शुक्रबार दिउँसो दिउँसो २ बजेर १० मिनेट देखि विमानस्थलमा विमान उडान तथा अवतरण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलले जनाएको छ ।
‘भिजिविलिटी’ नपुगेपछि उडान र अवतरण बन्द भएको हो । जहाज अवतरणका लागि १६ मिटर ‘भिजिविलिटी’ चाहिन्छ । तर उपत्यकामा आज ‘भिजिविलिटी’१००० मीटर मात्र रहेको छ ।