१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम शुरु

१६ चैत्र २०७७, सोमबार ०६:१५

चैत १६, काठमाडौँ । नेपाली सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीका आयोजनामा आजदेखि उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम शुरु भएको छ । राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय सुरक्षाका विविध पक्षबारे जानकारी दिने, ज्ञान आदानप्रदान गर्ने तथा राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन, राष्ट्रिय सुरक्षा रणनीति तथा रक्षा नीति तर्जुमा गर्न सम्बन्धित पक्षबीच समन्वयात्मक कार्य गर्न सहज गर्ने  उद्देश्यले शिवपुरीस्थित कलेजमा आयोजित तालीममा सङ्घीय सरकारका विभिन्न मन्त्रालय, त्रिवि, तीनै सुरक्षा निकायका, सञ्चारगृहलगायतबाट २७ जना शिक्षार्थीको सहभागिता छ । 

छैटौँ संस्करणको सो तालीमको उद्घाटन गर्दै बलाधिकृत रथी प्रभुराम शर्माले साइबर, जलवायु परिवर्तन, महामारी जस्ता चुनौती सामना गर्न फराकिलो, एकीकृत, बृहत् र समन्वयतात्मक प्रयत्न चाहिने बताउनुभयो । उहाँले कुनै पनि मुलुकको भविष्य त्यसको राष्ट्रिय सुरक्षा र विकासमा निर्भर  रहने जनाउँदै राष्ट्रिय सुरक्षाविना समृद्धि हासिल गर्न नसकिने स्पष्ट गर्नुभयो ।  

आफूले पनि सन् २०१६ मा शुरु भएको तालीममा सहभागी भई राष्ट्रिय सुरक्षाका विभिन्न आयामबारे  बुझ्ने मौका पाएको जनाउँदै उहाँले निकट भविष्यमा स्थापना हुने प्रतिरक्षा विश्वविद्यालयले राष्ट्रिय शक्ति अझ अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । 

कलेजका शिक्षाध्यक्ष उपरथी हीरालाल जोशीले खुला छलफल र अन्तर्कि्रयाले राष्ट्रिय सुरक्षालाई अझ अभिवृद्धि गर्ने बताउनुभयो । तालीममा विदेशमामिला विज्ञ, प्राध्यापक, पत्रकार, सीमाविद्, अवकाशप्राप्त उच्च सैनिक अधिकृत, राजनीतिशास्त्रीलगायतले प्रशिक्षण दिनुहुने  छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना