२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्याङ्जामा बस दुर्घटना हुँदा आठ घाइते

२०७७, १६ चैत्र सोमबार ०७:२०

चैत १६, स्याङ्जा । स्याङ्जामा आज बिहान भएको बस दुर्घटनामा परी आठ जना घाइते भएका छन् । वालिङ–चापाकोट सडक खण्डअन्तर्गत वालिङ नपा–७ बिसाउनीराजस्थित भित्री सडकमा चापाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस बिहान करीब ८:०० बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

ग १ ख ९५९४ नं को बिङ्गर बस उकालो सडकमा रोकेर चालक झरेको अवस्थामा बस पछाडि हट्न गई सडकबाट झण्डै १५ मिटर तल खसेको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो ।

दुर्घटनामा परी घाइते हुनेमा वालिङ नगरपालिका– १३ बस्ने २३ वर्षीया सावित्रा गैहे, भिरकोट–१ बस्ने ३४ वर्षीया सातुमा खातुन, निजकी १० वर्षकी छोरी अफ्रिया खातुन, भीरकोट–१ कै ३१ वर्षीय मजबुन मियाँ, निजका तीन वर्षका छोरा महम्मद मियाँ, निजकी १० वर्षीया छोरी महबुदा खातुन, भिरकोट–१ कै १४ वर्षीया जदिदा खातुन र पुतलीबजार १० बस्ने २७ वर्षीया फालिदा बेगम घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन