१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइएमई लुटपाट गर्ने पक्राउ

१९ चैत्र २०७७, बिहीबार १०:०४

चैत १९, काठमाडौँ । काठमाडौँको खिचापोखरीस्थित एक आइएमई लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयवासी प्रवेश राजभण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्स नामक आइएमईबाट रु छ लाख लुटपाट गरेको आरोपमा प्रहरीले दाङको तुलसीपुर घर भई हाल काठमाडौँको पुरानो बानेश्वर बस्ने १७ वर्षीय दिपुन श्रेष्ठ, रुकुम सानीभेरी घर भइ काठमाडौँ बस्ने तिलक रावत, कालीकोट घर भई ललितपुर बालकुमारी बस्ने २० वर्षीय नवीन केसी र सोही ठाउँका उमेश केसीलाई पक्राउ गरेको हो ।

प्रहरीमा बुधबार साँझ ५ बजे अपरिचित व्यक्तिले धारिलो हतियार देखाई कर्मचारी दीपक मल्ललाई बाँधी रु छ लाख बराबरको नगद लुटपाट गरी भागेको भन्ने जानकारी आएको र सोही सूचनाका आधारमा महानगरीय प्रहरी परिसर र बृत्त जनसेवाबाट टोली परिचालन गरी लुटपाटमा संलग्न व्यक्तिको खोजतलास गर्ने क्रममा गए राति १० बजे उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

अभियुक्तबाट रु ५९ हजार नगद र उनीहरुकै सूचनाका आधारमा आज बिहान काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने मञ्जु पुटुवारलाई राख्न दिइएको अवस्थामा नगद रु ७५ हजारसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुले लुटेको रकममध्येबाट लत्ताकपडा, जुत्ता, झोला खरिद गरी रेष्टुरेन्टमा खर्च गरेको फेला परेको छ । अभियुक्तहरु लागुऔषध सेवनकर्ता रहेको र उनीहरुको साथमा लागुऔषध प्रयोगमा संलग्न अन्य तीन व्यक्तिसमेत पक्राउ परेका छन् । 

थप पक्राउ पर्नेमा रोल्पा लिवाङ घर भई धापासी बस्ने प्रशन्न हमाल ठकुरी, सोही ठाउँका सफल आचार्य र रुपन्देहीका मिलन ढकाल रहेका छन् । पक्राउ परेकालाई आवश्यक कानूनी कारवाही शुरु भएको र उनीहरुको साथबाट गाँजालगायत अन्य लागुऔषधसमेत बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति