१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बडुखोला र भण्डारी मूलको पानी टोखा पुर्‍याइने

२० चैत्र २०७७, शुक्रबार ०८:५४

चैत २०, काठमाडौँ । टोखा नगरपालिकाले बडुखोला र भण्डारी मूलको पानी नगरवासीको घरसम्म पुर्‍याउने भएको छ । नगर क्षेत्रभित्रका बासिन्दालाई स्वच्छ खानेपानी पु¥याउने लक्ष्यअनुसार टोखा नगरपालिका–१ मा रहेको बडुखोला र भण्डारी मूलको पानीलाई जनताका घरघरमा पुर्‍याउन लागिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बडुखोला र भण्डारी मूलको पानीलाई ट्याङ्कीमा जम्मा गरेर घरघर पुर्‍याउन लागिएको बताउनुभयो । “बडुखोला र भण्डारी मूलको पानी व्यवस्थित गरेसँगै टोखा वडा नं १, २ र ३ का जनतालाई खानेपानीका लागि सहज हुनेछ”, उहाँले भन्नुभयो । 

उक्त पानीलाई तारकेश्वर नगरपालिकामा समेत लैजान लागिएको छ । तारकेश्वर नगरपालिकाको उत्तरी क्षेत्रका जनतालाई खानेपानी पुर्‍याउन लागिएको नगरप्रमुख अधिकारीले बताउनुभयो । टोखा नगरपालिकाले उक्त पानीलाई टोखा र तारकेश्वरमा लैजानका लागि सर्भेको काम अगाडि बढाएको छ । 

टोखा र तारकेश्वरको उत्तरी क्षेत्रमा पानीको प्रशस्त स्रोत भए पनि दक्षिण क्षेत्रका बासिन्दालाई भने मेलम्ची खानेपानी आयोजनाबाट पानी वितरण गर्न लागिएको छ । गोंगबु, धापासी, नेपालटार क्षेत्रमा मेलम्चीको पानी लैजानका लागि पाइपलाइन खन्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता