२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

वायु प्रदूषण : बढ्न थाले आँखाका बिरामी

२५ चैत्र २०७७, बुधबार १३:४६

चैत २५, मकवानपुर । दुई हप्तादेखि मकवानपुरको हेटौँडा आसपास क्षेत्रमा लागेको डढेलो र वायु प्रदूषणका कारणले जिल्लामा आँखाका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । वायु प्रदूषणको जोखिम बढेपछि हेटाँैडाको सामुदायिक आँखा अस्पतालमा आँखाको उपचार गराउनेको सङ्ख्यामा व्यापकरुपमा वृद्धि भएको सो अस्पताल प्रशासनले जनाएको छ । विगत दुई हप्तादेखि वायु प्रदूषणका कारणले आँखा उपचार गराउनेको सङ्ख्यामा वृद्धि भएको अस्पतालका वरिष्ठ प्रशासक सुधीर श्रेष्ठले बताउनुभयो । 

अहिले वायु प्रदूषणलगायत र अन्य विभिन्न कारणले दैनिक ३५० भन्दा बढी आँखाका  बिरामी अस्पतालमा उपचार गराउन आउने गरेको बताइएको छ । अस्पतालमा आँखाको उपचार गराउन आउने अधिकांश बिरामीको आँखा पोल्ने, आँखा रातो हुने र आँखामा एलर्जी हुनेलगायत टाउको दुख्ने समस्या रहेको बताइएको छ । अस्पतालमा नियमित आँखा जाँच गराउन आउने र फलोअपका लागि आउने तथा आँखाको शल्यक्रिया गराउन आउनेको सङ्ख्या पनि उल्लेख्य मात्रामा रहेकाले सेवाग्राहीको अत्यधिक चाप बढेको प्रशासक श्रेष्ठले बताउनुयो ।

अस्पतालमा हप्तामा पाँच दिन आँखाको शल्यक्रिया हुने गरेको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण दैनिक २०० आँखाका बिरामीको उपचार गर्दै आएको सो अस्पतालले बिरामीको चाप बढेपछि बिहान ७ बजेदेखि ११ बजेसम्म तोक्न दिने गरेको र त्यही समयदेखि उपचार शुरु हुने गरेको बताइएको छ । 

आँखाको सामान्य जाँचपश्चात् १५० भन्दा बढीले चश्मा बनाएर जाने गरेको श्रेष्ठले जानकारी दिनुभयो । आँखा अस्पतालमा आउने सम्पूर्ण सेवाग्राहीमध्ये ५० प्रतिशत स्वास्थ्य  बीमाका सदस्य रहेको बताइएको छ । बीमाबाट चश्मा बनाउन एक आर्थिक वर्षमा एकपटकका लागि रु एक हजार उपलब्ध हुने गरेको छ ।

त्यसैगरी आँखाको निजी क्लिनिकमा उपचार गराउने तथा चश्मा पसलमा पनि चश्मा बनाउनेको सङ्ख्यामा वृद्धि भएको बताइएको छ । वायु प्रदूषण र धुवाँधुला कारण हेटौँडा  अस्पतालमा रुघाखोकी र नाक, कान र घाँटी तथा एलर्जीका बिरामीको उपचार गराउनेको सङ्ख्या बढेको सो अस्पतालले जनाएको छ । निजी क्लिनिक र नर्सिङ होममा पनि वायु प्रदूषणबाट प्रभावित बिरामी उपचार गराउने बढेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य