२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तरकारीको मूल्यमा मनपरी

२०७७, ३१ चैत्र मंगलवार ०२:२६

चैत ३१, काठमाडौं । खुद्रा व्यापारीहरूले तरकारीको मूल्य मनपरी रूपमा लिन थालेका छन् । कालीमाटी र बल्खु तरकारी बजार जस्ता थोक तरकारी बजारले तोकेको मूल्यभन्दा दोब्बर बढी मूल्यमा खुद्रा व्यापारीहरूले तरकारी विक्री गरेको पाइएको छ ।

सरकारी संयन्त्रले बजार अनुगमनमा देखाएको लाचारीपनका कारण व्यापारीहरूले मनपरी रूपमा मूल्य लिने मौका पाएको सरोकारवालाहरू बताउँछन् ।

व्यापारीहरूले काउली, काँक्रो, गाजर, घिउसिमी, ब्रोकाउली, भिन्डी, गोलभेडालगायत हरियो तरकारीको मूल्यमा मनपरी मूल्य लिने गरेको पाइएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजारको मूल्यसूचीअनुसार सोमवार काउलीको मूल्य प्रतिकिलो ५० रुपैयाँ रहेको छ तर खुद्रा बजारमा भने ८० देखि ९० रुपैयाँ किलोसम्म विक्री भइरहेको छ ।

प्रतिकिलो ९० रुपैयाँ रहेको लोकल काँक्रोको मूल्य पनि यति बेला १ सय १० रुपैयाँसम्ममा खुद्रा व्यापारीले लिइरहेका छन् ।

१ सय रुपैयाँ प्रतिकिलो थोक मूल्य रहेको भिन्डीको मूल्य पनि खुद्रा बजारमा १ सय ५० रुपैयाँसम्म रहेको छ । ९० रुपैयाँ किलोको ब्रोकाउली १ सय ३०, ५० रुपैयाँ किलोको गाजर ८० रुपैयाँ र १ सय रुपैयाँ प्रतिकिलोको घिउसिमीको मूल्य १ सय ४० रुपैयाँसम्म रहेको छ ।

कीर्तिपुर, कलंकी, कुलेश्वर, कालीमाटी, लगनखेललगायतका खुद्रा बजारमा व्यापारीहरूले अस्वाभाविक रूपमा तरकारीको मूल्य मनपरी रूपमा लिने गरेका छन् ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?