प्रशन्न पोखरेल, साउन २५, गोरखा। घरमुली ६० वर्षीय कितमान गुरुङ, उनकी श्रीमती ५६ वर्षीया अज्ञानी, बुहारी १९ वर्षीया प्रिती, पाँच दिनको नवजात शिशु बिरामी भएपछि ज्वाइँ सुजन गुरुङले उनीहरुको उपचार राजधानीको अस्पतालमा गर्ने सोचले हेलिकोप्टर झिकाए ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रशन्न पोखरेल, साउन २५, गोरखा। घरमुली ६० वर्षीय कितमान गुरुङ, उनकी श्रीमती ५६ वर्षीया अज्ञानी, बुहारी १९ वर्षीया प्रिती, पाँच दिनको नवजात शिशु बिरामी भएपछि ज्वाइँ सुजन गुरुङले उनीहरुको उपचार राजधानीको अस्पतालमा गर्ने सोचले हेलिकोप्टर झिकाए । 
२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

हेलिकोप्टर दुर्घटनापछि सिर्दिवास शोकमा

२०७३, २५ श्रावण मंगलवार ०५:१७

प्रशन्न पोखरेल/साउन २५, गोरखा । घरमुली ६० वर्षीय कितमान गुरुङ, उनकी श्रीमती ५६ वर्षीया अज्ञानी, बुहारी १९ वर्षीया प्रिती, पाँच दिनको नवजात शिशु बिरामी भएपछि ज्वाइँ सुजन गुरुङले उनीहरुको उपचार राजधानीको अस्पतालमा गर्ने सोचले हेलिकोप्टर झिकाए । 

फिस्टेल एअरको नाइन एनकेए कलसाइन भएको हेलिकोप्टर बिरामी लिन सोमबार गोरखाको सिर्दिवास–२ फिलिमस्थित बुद्ध आवासीय माविको प्राङ्गणमा अवतरण भयो । 

हेलिकोप्टरमा २५ वर्षीय क्याप्टेन रञ्जन लिम्बू र बिरामी लिन आएकी लक्ष्मी गुरुङ थिइन् । उहिया गाविस घर भएकी लक्ष्मीको माइती सिर्दिवास हो । नाताले उनी र कितमान आफन्त पर्छन् । एकै घरका चारजनासहित फेज नेपाल नामक गैरसरकारी संस्थाकी स्वास्थ्यकर्मी सुनसरीको इटहरीकी २२ वर्षीया निशा तामाङ, क्याप्टेन रञ्जन लिम्बू र लक्ष्मी गुरुङ चढेको हेलिकोप्टर करिब ११ः३० बजे सिर्दीबासबाट राजधानीका लागि उडेको थियो । 

सासू, ससुरा, प्रिती र नवजात शिशु ९प्रितीको छोरा० लाई हेलिकोप्टर चढाएर कितमानका अर्का ज्वाइँ बहादुर गुरुङ घर फर्किए । 

सिर्दिवासबाट उडेको हेलिकोप्टर काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन ४० मिनेट लाग्छ । बिरामी भएका आफन्त लिएर उडेको हेलिकोप्टर एक घन्टासम्म एअरपोर्टमा अवतरण नभएपछि बहादुर र सुजनसहित गाउँले छट्पटाउन थाले । केहीबेरपछि नुवाकोटमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको खबर सुनेपछि गाउँमा रुवाबासी चल्यो । 

प्रितीका श्रीमान् कालु गुरुङ वैदेशिक रोजगारीका लागि गत पुसदेखि मलेसियामा छन् । “उपचार गर्न हेलिकोप्टर चढाएर पठाएका चारजनाको निधन भयो” सिर्दिवासका बहादुर गुरुङले भने, “घरको ढोका खोल्ने मान्छे भएन ।” 

घरको रेखदेख गर्ने जिम्मा ज्वाइँ बहादुरलाई दिइएको थियो । हेलिकोप्टर दुर्घटनामा कितमानका परिवारका सदस्यको निधन भएको खबर सुनेपछि गाउँले फिलिमस्थित घरको आँगनमा भेला भएका छन् । गाउँले र आफन्त शोकमा डुबेको बहादुरले टेलिफोन कुराकानीमा बताए । 

मनास्लु पदमार्गमा पर्ने उत्तरी गोरखाको दुर्गम गाउँमध्ये सिर्दिवास पनि एक हो । यहाँका महिला हरेक वर्ष सुत्केरी हुन नसकेर मृत्युको मुखमा पुग्छन् । सडक सुविधा नहुँदा ऋण खोजेर हेलिकोप्टरमार्फत बिरामीको उपचार गर्न राजधानीका अस्पताल लैजानुपर्ने बाध्यता छ । गाउँमा स्वास्थ्यचौकी छ, स्वास्थ्यकर्मी भेटिन्छन् तर औषधिको अभाव चुलिँदो छ । सदरमुकाम गोरखा आइपुग्न तीन दिन लाग्छ । बर्खामा ढुङ्गा खस्दा बाटो हिँड्न समस्या छ । 

कितमानको परिवारले रहरले हेलिकोप्टर मगाएका होइनन् । हेलिकोप्टरको भाडा रु एक लाख २० हजार तिर्नसक्ने उनीहरुको आर्थिक क्षमता छैन । ऋण खोजेको पैसाले हेलिकोप्टरको भाडा तिर्न कितमानले रु एक लाख २० हजार साथै राखेका थिए । उनीसहित हेलिकोप्टरमा सवार सातजनाको निधन भएपछि त्यो पैसा भेटिने सम्भावना रहेन । नुवाकोट बेतनीको चुच्चेभिरमा उक्त हेलिकोप्टर सोमबार दुर्घटनामा परेको हो । दुर्घटनामा परी ज्यान गुमाएकाको शव परीक्षणका लागि राजधानीस्थित शिक्षण अस्पतालमा राखिएको छ । 

हेलिकोप्टरमा सवार रहेकी सुनसरी इटहरीकी २२ वर्षीया निशा तामाङ उत्तरी क्षेत्रमा स्वास्थ्य सेवा दिइरहेको फेज नेपालकी स्वास्थ्यकर्मी ९स्टार्फनर्स० हुन् । तामाङले चुम्चेत, सिर्दिवास र छेकम्पारलगायत उत्तरी गोरखाका दुर्गम भेगका जनताको स्वास्थ्यको ख्याल राख्दै उपचारमा सहयोग गर्दै आएकी थिइन् । सरकारी कर्मचारी खासै नबस्ने उत्तरी भेगमा फेज नेपालका कर्मचारी भने निरन्तर बसिरहेका हुन्छन्, जनताको सेवामा खट्छन् । 

सिर्दिवासस्थित स्वास्थ्य चौकीका अहेव प्रेम गुरुङका अनुसार फेजका स्वास्थ्यकर्मीले दुर्गम भेगमा स्वास्थ्य सेवा पु¥याउन सहयोग गर्नुका साथै जनचेतना फैलाउने काम पनि गर्दै आएका छन् । फेजले हेलिकोप्टर चढेर भएपनि राजधानी आउन भनेपछि तामाङ सोही हेलिकोप्टर चढेर राजधानी जाँदै थिइन्, दुर्घटनामा परी उनको पनि निधन भयो । टेलिकमको स्काइ फोन सेवाले काम नगर्दा सिर्दिवासबासीले दुःख पाएका छन् । 

बिरामीलाई उपचार गर्न लैजाँदा सिङ्गो परिवारकै खुसी खोसिएपछि गाउँले शोकमा छन् । दुर्घटना भएको खबर सुनेपछि छरछिमेक, आफन्त गुरुङको घरको आँगनमा भेला भएका थिए । “परिवारको याद आइरहन्छ । रातभर सुतेनौँ” कितमानका ज्वाइँ बहादुरले भने । 

दुर्गम गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा नपाउँदा ऋण खोजेर हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता दुर्गमवासीलाई छ । भूकम्प, पहिरोलगायत प्राकृतिक विपद् झेलेका सिर्दिवासवासीले यो अर्को पीडा खेपेका हुन् । 

एकै परिवारका चारजनाको निधन भएपछि घरको ढोका खोल्ने र लेकमा रहेका बस्तुभाउको रेखदेख गर्ने पनि मान्छेको अभाव भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार