प्रशन्न पोखरेल, साउन २५, गोरखा। घरमुली ६० वर्षीय कितमान गुरुङ, उनकी श्रीमती ५६ वर्षीया अज्ञानी, बुहारी १९ वर्षीया प्रिती, पाँच दिनको नवजात शिशु बिरामी भएपछि ज्वाइँ सुजन गुरुङले उनीहरुको उपचार राजधानीको अस्पतालमा गर्ने सोचले हेलिकोप्टर झिकाए ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रशन्न पोखरेल, साउन २५, गोरखा। घरमुली ६० वर्षीय कितमान गुरुङ, उनकी श्रीमती ५६ वर्षीया अज्ञानी, बुहारी १९ वर्षीया प्रिती, पाँच दिनको नवजात शिशु बिरामी भएपछि ज्वाइँ सुजन गुरुङले उनीहरुको उपचार राजधानीको अस्पतालमा गर्ने सोचले हेलिकोप्टर झिकाए । 
६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

हेलिकोप्टर दुर्घटनापछि सिर्दिवास शोकमा

२५ श्रावण २०७३, मंगलवार ०५:१७

प्रशन्न पोखरेल/साउन २५, गोरखा । घरमुली ६० वर्षीय कितमान गुरुङ, उनकी श्रीमती ५६ वर्षीया अज्ञानी, बुहारी १९ वर्षीया प्रिती, पाँच दिनको नवजात शिशु बिरामी भएपछि ज्वाइँ सुजन गुरुङले उनीहरुको उपचार राजधानीको अस्पतालमा गर्ने सोचले हेलिकोप्टर झिकाए । 

फिस्टेल एअरको नाइन एनकेए कलसाइन भएको हेलिकोप्टर बिरामी लिन सोमबार गोरखाको सिर्दिवास–२ फिलिमस्थित बुद्ध आवासीय माविको प्राङ्गणमा अवतरण भयो । 

हेलिकोप्टरमा २५ वर्षीय क्याप्टेन रञ्जन लिम्बू र बिरामी लिन आएकी लक्ष्मी गुरुङ थिइन् । उहिया गाविस घर भएकी लक्ष्मीको माइती सिर्दिवास हो । नाताले उनी र कितमान आफन्त पर्छन् । एकै घरका चारजनासहित फेज नेपाल नामक गैरसरकारी संस्थाकी स्वास्थ्यकर्मी सुनसरीको इटहरीकी २२ वर्षीया निशा तामाङ, क्याप्टेन रञ्जन लिम्बू र लक्ष्मी गुरुङ चढेको हेलिकोप्टर करिब ११ः३० बजे सिर्दीबासबाट राजधानीका लागि उडेको थियो । 

सासू, ससुरा, प्रिती र नवजात शिशु ९प्रितीको छोरा० लाई हेलिकोप्टर चढाएर कितमानका अर्का ज्वाइँ बहादुर गुरुङ घर फर्किए । 

सिर्दिवासबाट उडेको हेलिकोप्टर काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन ४० मिनेट लाग्छ । बिरामी भएका आफन्त लिएर उडेको हेलिकोप्टर एक घन्टासम्म एअरपोर्टमा अवतरण नभएपछि बहादुर र सुजनसहित गाउँले छट्पटाउन थाले । केहीबेरपछि नुवाकोटमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको खबर सुनेपछि गाउँमा रुवाबासी चल्यो । 

प्रितीका श्रीमान् कालु गुरुङ वैदेशिक रोजगारीका लागि गत पुसदेखि मलेसियामा छन् । “उपचार गर्न हेलिकोप्टर चढाएर पठाएका चारजनाको निधन भयो” सिर्दिवासका बहादुर गुरुङले भने, “घरको ढोका खोल्ने मान्छे भएन ।” 

घरको रेखदेख गर्ने जिम्मा ज्वाइँ बहादुरलाई दिइएको थियो । हेलिकोप्टर दुर्घटनामा कितमानका परिवारका सदस्यको निधन भएको खबर सुनेपछि गाउँले फिलिमस्थित घरको आँगनमा भेला भएका छन् । गाउँले र आफन्त शोकमा डुबेको बहादुरले टेलिफोन कुराकानीमा बताए । 

मनास्लु पदमार्गमा पर्ने उत्तरी गोरखाको दुर्गम गाउँमध्ये सिर्दिवास पनि एक हो । यहाँका महिला हरेक वर्ष सुत्केरी हुन नसकेर मृत्युको मुखमा पुग्छन् । सडक सुविधा नहुँदा ऋण खोजेर हेलिकोप्टरमार्फत बिरामीको उपचार गर्न राजधानीका अस्पताल लैजानुपर्ने बाध्यता छ । गाउँमा स्वास्थ्यचौकी छ, स्वास्थ्यकर्मी भेटिन्छन् तर औषधिको अभाव चुलिँदो छ । सदरमुकाम गोरखा आइपुग्न तीन दिन लाग्छ । बर्खामा ढुङ्गा खस्दा बाटो हिँड्न समस्या छ । 

कितमानको परिवारले रहरले हेलिकोप्टर मगाएका होइनन् । हेलिकोप्टरको भाडा रु एक लाख २० हजार तिर्नसक्ने उनीहरुको आर्थिक क्षमता छैन । ऋण खोजेको पैसाले हेलिकोप्टरको भाडा तिर्न कितमानले रु एक लाख २० हजार साथै राखेका थिए । उनीसहित हेलिकोप्टरमा सवार सातजनाको निधन भएपछि त्यो पैसा भेटिने सम्भावना रहेन । नुवाकोट बेतनीको चुच्चेभिरमा उक्त हेलिकोप्टर सोमबार दुर्घटनामा परेको हो । दुर्घटनामा परी ज्यान गुमाएकाको शव परीक्षणका लागि राजधानीस्थित शिक्षण अस्पतालमा राखिएको छ । 

हेलिकोप्टरमा सवार रहेकी सुनसरी इटहरीकी २२ वर्षीया निशा तामाङ उत्तरी क्षेत्रमा स्वास्थ्य सेवा दिइरहेको फेज नेपालकी स्वास्थ्यकर्मी ९स्टार्फनर्स० हुन् । तामाङले चुम्चेत, सिर्दिवास र छेकम्पारलगायत उत्तरी गोरखाका दुर्गम भेगका जनताको स्वास्थ्यको ख्याल राख्दै उपचारमा सहयोग गर्दै आएकी थिइन् । सरकारी कर्मचारी खासै नबस्ने उत्तरी भेगमा फेज नेपालका कर्मचारी भने निरन्तर बसिरहेका हुन्छन्, जनताको सेवामा खट्छन् । 

सिर्दिवासस्थित स्वास्थ्य चौकीका अहेव प्रेम गुरुङका अनुसार फेजका स्वास्थ्यकर्मीले दुर्गम भेगमा स्वास्थ्य सेवा पु¥याउन सहयोग गर्नुका साथै जनचेतना फैलाउने काम पनि गर्दै आएका छन् । फेजले हेलिकोप्टर चढेर भएपनि राजधानी आउन भनेपछि तामाङ सोही हेलिकोप्टर चढेर राजधानी जाँदै थिइन्, दुर्घटनामा परी उनको पनि निधन भयो । टेलिकमको स्काइ फोन सेवाले काम नगर्दा सिर्दिवासबासीले दुःख पाएका छन् । 

बिरामीलाई उपचार गर्न लैजाँदा सिङ्गो परिवारकै खुसी खोसिएपछि गाउँले शोकमा छन् । दुर्घटना भएको खबर सुनेपछि छरछिमेक, आफन्त गुरुङको घरको आँगनमा भेला भएका थिए । “परिवारको याद आइरहन्छ । रातभर सुतेनौँ” कितमानका ज्वाइँ बहादुरले भने । 

दुर्गम गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा नपाउँदा ऋण खोजेर हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता दुर्गमवासीलाई छ । भूकम्प, पहिरोलगायत प्राकृतिक विपद् झेलेका सिर्दिवासवासीले यो अर्को पीडा खेपेका हुन् । 

एकै परिवारका चारजनाको निधन भएपछि घरको ढोका खोल्ने र लेकमा रहेका बस्तुभाउको रेखदेख गर्ने पनि मान्छेको अभाव भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश