१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

सेती नदीमा बेपत्ता युवक परेनन् फेला

५ बैशाख २०७८, आईतवार ०४:३९

वैशाख ५, डोटी । सेती नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका सायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय सूर्यबहादुर बोगटी अझै फेला पर्न सकेका छैनन् । 

उनी बगेर बेपत्ता भएदेखि प्रहरीले खोजी जारी राखे पनि अहिलेसम्म पनि उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “युवक बगेर बेपत्ता भएको खबर पाएदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा खोजी जारी राखेका छौँ, अहिलेसम्म फेला पार्न सकेका छैनौँ ।”

दिपायल सिलगढी नगरपालिका–४ दिपायल पिपल्ला नजिक रहेको सेती नदीमा शनिबार नुहाउँदै गर्दा निज युवक एकाएक बेपत्ता भएका थिए । “कपडा नदीको किनारामा भेटिएको तर उनी अहिलेसम्म पनि भेटिएका छैनन्”, इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले भन्नुभयो, “हामीले हिजो रातिसम्म नदीमा खोज्यौँ, कतै फेला पारेनौँ, अहिले पनि खोजीमा टोली खटिएको छ, खोजी जारी छ ।” नदीमा पानी धमिलो भएका कारण पनि खोजी कार्यमा केही कठिनाइ भएको उहाँको भनाइ छ ।

चैत महिनामा सेतीमा पौडी खेल्दा एक जनाको डुबेर मृत्यु भएको थियो भने शनिबार बोगटी बगेर बेपत्ता भएका छन् । गर्मीयाम शुरु भएकाले सेती नदीमा नुहाउन जाने क्रममा बर्सेनि यहाँका नागरिकको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी