२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीका आठ पालिका दमकल विहीन

६ बैशाख २०७८, सोमबार ०७:१५

वैशाख ६, डोटी । स्थानीय तह गठन भएको वर्षौ बितिसक्दासमेत यहाँका आठ पालिकाले अहिलेसम्म बारुण यन्त्र (दमकल) किन्न सकेका छैनन् । सात गाउँपालिका र दुई नगरपालिकासहित नौ स्थानीय तह रहेको यहाँ आठ स्थानीय तहसँग दमकल छैनन् । 

यहाँका पालिकामा रहेका बजार वा कुनै घरमा आगलागी हुँदा दमकल नभएका कारण निकै समस्या हुँदै आएको छ । पछिल्लो समय यहाँका सामुदायिक वनमा लागेको आगो शहर तथा बजारमा पस्न थालेपछि दमकलको अभाव खड्किन थालेको स्थानीयवासी बताउँछन् । आगलागी नियन्त्रणका लागि दमकल आवश्यक हो भन्ने जाने पनि त्यसको बेवास्ता गर्दै यहाँका स्थानीय तहले अहिलेसम्म नकिनेको बडिकेदार गाउँपालिका–१ का बासिन्दा रोजबहादुर कलेलले आरोप लगाउनुभयो ।

दिपायल सिलगढी नगरपालिकामा दुई दमकल भए पनि एक वर्षौदेखि प्रयोगविहीन अवस्थामा थन्कीएको छ । दुई वर्ष पहिले किनिएको एउटा दमकलले काम चलाउँदै आइएको छ । जिल्लामा रहेका नौ वटै स्थानीय तहमा यातायातको पहुँच भए पनि दिपायल सिलगढी नगरपालिका बाहेक अरु स्थानीय तहसँग दमकल छैनन् । 

अधिकांश स्थानीय तहका वडा कार्यालय तथा बस्ती भिर पाखामा भएका कारण आगलागी हुँदा दमकलको प्रयोग गर्न सम्भव नरहेकाले दमकल किन्न नसकिएको सुदूरपश्चिम गाउँपालिका महासङ्घ तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । 

पछिल्लो समय यहाँका सामुदायिक वनमा लागेको आगो नियन्त्रणका लागि सबै पालिकासँग दमकल भएको भए निकै सहज हुने जोरायल गाउँपालिका–२ बुडरका बासिन्दा लोकबहादुर मल्लले बताउनुभयो । जिल्लामा रहेका ३६० सामदायिक वन तथा केही सरकारी वनमा लागेको आगोले अहिले सयौँ हेक्टर जमिन तथा त्यसमा उम्रिएका जडिबुटी जलेर सखाप भएका छन् । 

वन क्षेत्रमा अधिकांश आगलागीका घटना मानवीय कारण हुने गरेको डिभिजनल वन कार्यालयका प्रमुख शम्भु तिवारीको भनाइ छ । आकस्मिक रुपमा हुने आगलागी  निभाउने यन्त्र नहुँदा जिल्लामा हरेक वर्ष ठूलो क्षति हुने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

हालसम्म कार्यविधि नबनेका कारण दमकल खरिद प्रक्रिया अघि बढाउन नसकिएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले गुनासो गर्नुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन