२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीका आठ पालिका दमकल विहीन

२०७८, ६ बैशाख सोमबार ०७:१५

वैशाख ६, डोटी । स्थानीय तह गठन भएको वर्षौ बितिसक्दासमेत यहाँका आठ पालिकाले अहिलेसम्म बारुण यन्त्र (दमकल) किन्न सकेका छैनन् । सात गाउँपालिका र दुई नगरपालिकासहित नौ स्थानीय तह रहेको यहाँ आठ स्थानीय तहसँग दमकल छैनन् । 

यहाँका पालिकामा रहेका बजार वा कुनै घरमा आगलागी हुँदा दमकल नभएका कारण निकै समस्या हुँदै आएको छ । पछिल्लो समय यहाँका सामुदायिक वनमा लागेको आगो शहर तथा बजारमा पस्न थालेपछि दमकलको अभाव खड्किन थालेको स्थानीयवासी बताउँछन् । आगलागी नियन्त्रणका लागि दमकल आवश्यक हो भन्ने जाने पनि त्यसको बेवास्ता गर्दै यहाँका स्थानीय तहले अहिलेसम्म नकिनेको बडिकेदार गाउँपालिका–१ का बासिन्दा रोजबहादुर कलेलले आरोप लगाउनुभयो ।

दिपायल सिलगढी नगरपालिकामा दुई दमकल भए पनि एक वर्षौदेखि प्रयोगविहीन अवस्थामा थन्कीएको छ । दुई वर्ष पहिले किनिएको एउटा दमकलले काम चलाउँदै आइएको छ । जिल्लामा रहेका नौ वटै स्थानीय तहमा यातायातको पहुँच भए पनि दिपायल सिलगढी नगरपालिका बाहेक अरु स्थानीय तहसँग दमकल छैनन् । 

अधिकांश स्थानीय तहका वडा कार्यालय तथा बस्ती भिर पाखामा भएका कारण आगलागी हुँदा दमकलको प्रयोग गर्न सम्भव नरहेकाले दमकल किन्न नसकिएको सुदूरपश्चिम गाउँपालिका महासङ्घ तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । 

पछिल्लो समय यहाँका सामुदायिक वनमा लागेको आगो नियन्त्रणका लागि सबै पालिकासँग दमकल भएको भए निकै सहज हुने जोरायल गाउँपालिका–२ बुडरका बासिन्दा लोकबहादुर मल्लले बताउनुभयो । जिल्लामा रहेका ३६० सामदायिक वन तथा केही सरकारी वनमा लागेको आगोले अहिले सयौँ हेक्टर जमिन तथा त्यसमा उम्रिएका जडिबुटी जलेर सखाप भएका छन् । 

वन क्षेत्रमा अधिकांश आगलागीका घटना मानवीय कारण हुने गरेको डिभिजनल वन कार्यालयका प्रमुख शम्भु तिवारीको भनाइ छ । आकस्मिक रुपमा हुने आगलागी  निभाउने यन्त्र नहुँदा जिल्लामा हरेक वर्ष ठूलो क्षति हुने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

हालसम्म कार्यविधि नबनेका कारण दमकल खरिद प्रक्रिया अघि बढाउन नसकिएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले गुनासो गर्नुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन