२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

सङ्क्रमितले भरियो भेरी अस्पताल,बाँकेमा १५९ को मृत्यु

७ बैशाख २०७८, मंगलवार ०८:२६

वैशाख ७, राँझा । बाँकेमा कोरोना सङ्क्रमणका कारण हालसम्म १५९ जनाको मृत्यु भएको छ । बाँके जिल्लाभित्र बसोबास गर्ने ६१ जना र जिल्लाबाहिर बसोबास गरी उपचारका लागि बाँकेस्थित अस्पतालमा आएका ९८ गरी १५९ जनाको मृत्यु भएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार, बाँकेमा उपचाररत कोरोना सङ्क्रमितको दैनिकजसो मृत्यु हुने गरेको छ । बाँकेमा हाल भेरी अस्पताल नेपालगञ्जमा ३८ र शिक्षण अस्पताल कोहलपुरमा आठ गरी ४६ सङ्क्रमित सिकिस्त अवस्थामा छन् । तीमध्ये सात जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । 

अहिले ८६६ सक्रिय सङ्क्रमित उपचाररत छन् । बाँकेमा गए राति ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित थपिएका छन् । जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३२२ जनामा भाइरस सङक्रमण पुष्टि भएको स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो । 

सङ्क्रमण पुष्टि भएकामा बालबालिकादेखि युवा र वृद्धसम्म छन् । विद्यार्थी, शिक्षक, अभिभावक र पत्रकारसमेत सङ्क्रमित भएका छन् । 

सङ्क्रमितले भरियो भेरी अस्पताल

नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष आइसोलेशन वार्ड कोरोना सङ्क्रमितले भरिएको छ । भेरी अस्पतालमा सञ्चालन गरिएको १५ शय्याको कोभिड सघन उपचार कक्ष र १०२ शय्याको कोरोना विशेष वार्ड बिरामीले भरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार १५ शय्याको कोभिड सघन उपचार कक्षमा अहिले ४० जनालाई राखिएको छ । बिरामीको चाप बढेपछि अरु शय्यालाई पनि सघन उपचार कक्ष बनाइएको छ । कोरानाका शङ्कास्पद बिरामीलाई राख्ने ४० शय्याको प्रिआइसोलेसन वार्डसमेत करिबकरिब भरिइसकेको छ । सङ्क्रमण फैलिनेक्रम नरोकिए अस्पतालले थेग्न नसक्ने गरी बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै प्रभावित हुनसक्ने जोखिम छ ।

“बिरामीको चाप अस्पतालको क्षमताभन्दा बाहिर गइसकेको छ, दिनप्रतिदिन केश बढिरहेकाले अवस्था गाह्रो छ”, अस्पतालका प्रमुख डा थापाले भन्नुभयो, “अस्पतालमा आएका बिरामीलाई राख्नै प¥यो, जति जनशक्ति चाहिने हो त्यसको आधा जनशक्तिबाट काम चलाउ गरिएको छ ।”

भेरी अस्पतालमा अहिले ४० कोरोना सङ्क्रमितलाई सघन उपचार कक्ष, सात जनालाई भेन्टिलेटर र ८२ जनालाई कोरोना विशेष वार्डमा राखेर उपचार व्यवस्था मिलाइएको डा थापाले बताउनुभयो ।

सामान्य अवस्थामा अस्पतालमा भिडभाड नगरिदिन, अत्यावश्यक काम नपरेसम्म घरबाट ननिस्कन, मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कामय गर्न तथा रुघाखोकी, ज्वरोका लक्षण देखापरेमा स्वएकान्त बास गर्न अनुरोध गरिएको भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले बताउनुभयो । 

उहाँका अनुसार स्वाब परीक्षणमा पोजिटिभ आएका व्यक्तिले समेत घरमै पर्याप्त आराम गर्ने, थर्मोमिटरको प्रयोग गरी तापक्रमको अभिलेख राख्ने, सामान्य ज्वरो आएमा सिटामोल आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ । 

श्वासप्रश्वासमा समस्या आए, ज्वरो नियन्त्रण नभए वा अक्सिजन स्याचुरेसन ९४ प्रतिशतभन्दा कम भए अस्पतालमा आउन अस्पतालले अपिल गरेको छ । पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले यसपछि आउने सङ्क्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता रहेको धितालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान