७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

दोस्रो लहरविरुद्ध लड्ने तयारी खै ?

७ बैशाख २०७८, मंगलवार ०८:२८

वैशाख ७, जलेश्वर। विश्वजगत् कोरोनाको दोस्रो लहरबाट आक्रान्त हुन थालेको अवस्थामा महोत्तरी जिल्लामा कोरोनासँग लड्ने कुनै तयारी छैन । दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लाका कुनै पनि स्थानीय तहले बढ्दै गएको कोरोना सङ्क्रमणको सामना गर्नका लागि कुनै पनि चासो देखाएको छैन ।

छिमेकी मुलुक भारतको विहार राज्यमा दिनानुदिन कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा महोत्तरीको १३.८ किलोमिटर भारतसँग जोडिएको खुला सीमा नाकाले यस जिल्लालाई समेत प्रभावित पार्न थालिसकेको अवस्थामा पनि यहाँका कुनै पनि सम्बन्धित निकायले त्यसप्रति ध्यान दिएका छैनन् । वैशाखको १ गतेदेखि ६ गतेसम्म मात्रै महोत्तरीमा तीन महिला र १५ पुरुषसहित १८ जना सक्रिय कोभिड सङ्क्रमित भइसकेका छन् ।

कोभिड– १९ सँग सामना गर्न नेतृत्वदायी भूमिका खेल्नुपर्ने स्वास्थ्य कार्यालय जलेश्वर, महोत्तरीका वरिष्ठ जनस्वास्थ्य अधिकृत नगेन्द्रप्रसाद चौधरीले आफूहरुसँग केही पनि नरहेको र सबै अधिकार स्थानीय तहमा गइसकेकाले यस महामारीसँग लड्न अस्पतालमा हाल कुनै पनि तयारी नरहेको बताउनुभयो ।

उहाँले जिल्लाका सबै स्थानीय तहलाई तीन÷चार दिनपूर्व नै कोरोनाविरुद्धको तयारीमा लाग्न पत्राचार गरिसकेको र प्रत्येक पालिकाका स्वास्थ्य संयोजकलाई बोलाएर आवश्यक निर्देशनसमेत दिइसकेको भए पनि कुनै पनि पालिकाले अहिलेसम्म त्यसका लागि कुनै पनि तयारी नगरेको बताउनुभयो ।

उहाँले अहिले जिल्ला अस्पतालसहित कुनै पनि पालिकामा क्वारेन्टिन, आइसोलेशन, हेल्थ डेस्क, स्वास्थ्यकर्मी परिचालनलगायतका कुनै व्यवस्था नरहेको बताउनुभयो । उहाँले जिल्लामा कोरोनाको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै जिल्लाको सीमा नाकामा तुरुन्त हेल्थडेस्क पुनःस्थापना गर्न, जिल्ला अस्पताल तथा प्रत्येक पालिकामा क्वारेन्टिन र आइसोलेशन पुनःस्थापना गर्न र पर्याप्त सङ्ख्यामा स्वास्थ्यकर्मी परिचालन गर्न आवश्यक भएको बताउनुभयो ।

स्वास्थ्य कार्यालयबाट प्रत्येक पालिकालाई मास्क, स्यानिटाइजर, पिपिइ गाउन, बुट, गगल्स पठाइसकिएको र मागबमोजिम अझै पनि पठाउने क्रममा जारी रहेको उहाँके भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी