७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

भारतबाट फर्किएका कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु

७ बैशाख २०७८, मंगलवार ०८:३१

वैशाख ७, पर्सा । कोरोना सङ्क्रमणकै कारण पर्सामा आज फेरि एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भारतबाट केही दिन अगाडि नेपाल फर्किएका वीरगञ्ज महानगरपालिका–१४ बहुवरी निवासी ५७ वर्षीय पुरुषको वीरगञ्जको नारायणी बयोधा अस्पतालमा आज बिहान १२ः४५ बजे उपचारका क्रमम मृत्यु भएको हो । 

 भारतबाट फर्किएलगत्तै बिरामी भएका पुरुषलाई उपचारका लागि चैत २९ गते अस्पताल भर्ना गरिएको र सोही दिन उनको आरडिटी पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले जानकारी दिनुभयो । उहाँले श्वाप्रश्वासमा समस्या, उच्च ज्वरो र कडा निमोनियाबाट मृतक ग्रस्त रहेको बताउनुभयो ।  बितेको एक साताभित्र पर्सामा चार पुरुष र एक महिला सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

यससँगै पर्सामा सङ्क्रमणकै कारण मृत्यु भएको सङ्ख्या ५८ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी