१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा कोरोना संक्रमण : सङ्क्रमित र मृत्युको शुक्रबार नयाँ रेकर्ड

१० बैशाख २०७८, शुक्रबार ०६:५३

वैशाख १० नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने र नयाँ सङ्क्रमणको दरमा नयाँ रेकर्ड देखिएको छ । 

शुक्रबार बिहान सार्वजनिक गरिएको एक तथ्यांकमा यहाँ गएको २४ घन्टा यतामात्र थप ३ लाख ३२ हजारभन्दा बढी नागरिक यसका सङ्क्रमित भेटिएका छन् । यो संख्या भारतमा अहिलेसम्ममा एकै दिन देखिएको संक्रमणको सबैभन्दा ठूलो संख्या भएको बताइएको छ । 

त्यसैगरी यहाँ गएको २४ घन्टा यता २ हजार २६३ जनाको ज्यान गएको छ । यसरी कोरोना भाइरसको संक्रमणकै कारण भारतमा २४ घन्टामा भएको यो मृत्यु सबैभन्दा बढी हो ।

यसरी भारतमा अहिलेसम्ममा यो संक्रमणबाट १ करोड ६२ लाखभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका बताइएको छ ।त्यसैगरी भारतमा यो संक्रमणबाट मात्र एक लाख ८६ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ । 

भारतमा यसअघि तीन लाखभन्दा केही बढी संक्रमित एकैदिन भेटिएका थिए । तर बिहीबार भने ३ लाख ३२ हजार भन्दा बढी नागरिक यसका संक्रमित भेटिएका हुन् ।     कोरोना माहामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । यद्यपी संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाख भन्दा बढी व्यक्ति संङ्क्रमित भएका थिए । 

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १३ करोड ५४ लाख ७८ हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।  

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।   

भारतमा  बिहीबार मात्रै १७ लाख ४० हजार ५५० जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २२ सम्म कूल २७ करोड ४४ लाख ४५ हजार भन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ । 

भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा कोरोना शुरु भएपछि हालसम्म कोरोना सङ्क्रमणबाट १२ हजार ६४० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो