नारायण ढुंगाना | साउन २६, रत्ननगर (चितवन) । नेपालमा नयाँ रोग स्क्रब टाइफसको प्रकोप ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नारायण ढुंगाना | साउन २६, रत्ननगर (चितवन) । नेपालमा नयाँ रोग स्क्रब टाइफसको प्रकोप ब"/>
२७ पुष २०८२, आईतवार
चितवन - CTW

नेपालमा फैलँदैछ नयाँ रोग ‘स्क्रब टाइफस’

२६ श्रावण २०७३, बुधबार ०४:१६

नारायण ढुंगाना | साउन २६, रत्ननगर (चितवन) । नेपालमा नयाँ रोग स्क्रब टाइफसको प्रकोप बढ्दै गएको छ । टाउको दुख्ने, १०४ डिग्री जति ज्वरो आउने, गर्धन र घाँटी वरिपरि मसिना बिमिरा आउने आदि यो रोगका लक्षण हुन् । 

यो रोग अघिल्लो बर्षदेखि आधिकारिक रुपमा नेपालमा सङ्क्रमण पत्ता लागेको उक्त रोग अहिले विभिन्न जिल्लामा देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअन्तर्गत इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले जानकारी दिनुभयो । 

रोग पत्ता लागेमा उपचार सजिलो रहेको भन्दै उहाँले पाँचै विकास क्षेत्रका स्वास्थ्य संस्थालाई यो रोगको न्यूनीकरणका लागि आवश्यक निर्देशिकासहित निर्देशन दिएको जानकारी दिनुभयो । उहाँका अनुसार चितवनमा वैशाखयता सबैभन्दा बढी ५३ जनामा रोग सङ्क्रमण भएको पाइएको छ । 

चितवन मेडिकल कलेजले मात्रै यहाँ रोगको परीक्षण गर्दै आएको छ । जिल्लामा भाइरल ज्वरोको प्रकोप बढिरहेका बेला यसको परीक्षण अन्य अस्पतालमा समेत आवश्यक देखिएको छ । चितवनमा पाइएकामा ३३ जना जिल्लावासी रहेको र बाँकी अन्य जिल्लाका बिरामी रहेको जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि शर्माले जानकारी दिनुभयो । बढी चितवनमा देखिएपनि यो रोग अहिले सिन्धुली, नुवाकोट, बाँके, उदयपुरलगायत जिल्लामा पनि देखिएको छ । 

“हुन त ५–६ वर्षअघि पाटन अस्पतालमा देखिएको भन्ने थियो, तर त्यो आधिकारिक र वैज्ञानिक डकुमेन्टका रुपमा आउन सकेन”, इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले भन्नुभयो, “अघिल्लो वर्ष पूर्वी नेपालमा भने वैज्ञानिकरुपमा प्रमाणित भएको हो ।” पहिलोचोटि ६ जनामा देखिएको थियो, गतवर्ष भदौ १३ गते नेपालमा रोग भित्रिएको सरकारी तहबाट प्रमाणित भएकोमा अहिले पनि करिब सोही समयमा रोग देखिएको डा शर्मा बताउनुहुन्छ । 

“रोगको पहिचान नहुँदा गएको वर्ष आठजनाको मृत्यु भएको थियो, तर यो वर्ष मरेको भन्ने जानकारी आएको छैन”, उहाँले भन्नुभयो । रोग थाहा पाइसकेपछि भने एन्टिबायोटिकले सजिलै निको हुने चितवन मेडिकल कलेजका चिकित्सक डा दयाराम लम्सालले बताउनुभयो । रगत परीक्षणबाट यो रोग विगतमा पनि आफूहरुले पत्ता लगाएको डा लम्सालले बताउनुभयो । 

मुख्यगरी एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । यो जुम्रा जस्तै तर सूक्ष्म हुन्छ । यो मुसाको कानमा अथवा यस्तै जीवजन्तुमा बस्छ । त्यसबाट घाँसपात तथा झारमा झरेको बेलामा मानिस बस्दा यो किर्ना सर्ने र त्यसले टोकेमा रोग लाग्छ । 

यसले लार्भा अवस्थामा बढी चुस्छ । यो रोग लागेमा टाउको दुख्ने, १०४ डिग्री जति ज्वरो आउने, गर्धन र घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुनिने लगायतका लक्षण देखिने जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसी बताउनुहुन्छ । 

कहिलेकाहीँ यस सँगसँगै झाडा पनि आउन सक्छ । चितवनका फिजिसियन डा भोजराज अधिकारीले भरतपुर अस्पतालमा समेत रोग देखिएको बताउनुभयो । यो दोस्रो विश्वयुद्धताका जापानको सेनामा देखिएको थियो । घाँसमा झरेको माइट, युद्धमा जङ्गलमा सेना घस्रने क्रममा सरेको पाइएको थियो । त्यो बेला रोग थाहा नहँुदा बिरामीमध्ये ३० प्रतिशतको ज्यान गएको इपिडिमियोलोजी शाखा प्रमुख डा शर्माले जानकारी दिनुभयो । 

जापानमा रोग पत्ता लागेकाले यसलाई ‘सुसुगामुसी’ भनेर पनि चिनिन्छ । यो एक प्रकारको ब्याक्टेरिया (रिकेटसिया) ले लगाउने रोग हो । झाडी वरिपरि, कृषि काम गर्ने, जताततै बस्ने, चौर झारमा बस्नेमा सर्ने सम्भावना बढी हुन्छ । यो मानिसबाट मानिसमा भने नसर्ने चिकित्सकले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला