२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कोरोना कहर : एकले अर्काको हौसला बढाऔँ, बालबालिकालाई विशेष ध्यान दिऊँ

१३ जेष्ठ २०७८, बिहीबार ०४:५५

जेठ १३, धनगढी (रासस)। नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना कहरका कारण देशभर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि मानिसहरूको सामान्य दैनिकी परिवर्तन भएको छ । महामारीका बीच मानिसहरू सङ्क्रमणबाट बच्न घरभित्रै बसिरहेका छन् । कोरोनाले आक्रान्त बनाउँदै लगेको यो समयमा  मानिसमा डर, चिन्ता, भय र तनाव बढेर गएको छ । एकैठाँउमा समय व्यतीत गर्नु, सामाजिक सञ्जालमा आएका महामारी र मृत्युका खबर हेर्नु तथा गाउँठाउँमै सङ्क्रमणका कारण मृत्युका घटना घट्नुले पनि मानिसहरूमा डर पैदा गराउने भएकोले यस अवस्थामा एकले अर्काको हौसला बढाउनुपर्ने जानकारहरू बताउँछन् । 

महामारीको समयमा हौसला र प्रेरणा अति आवश्यक हुने गरेको तथा यस्तो समयमा घरपरिवार, आफन्त तथा साथीभाइको हौसला, प्रेरणा र आत्मीयताले विपत्तिसँग जुझ्न ऊर्जाको काम गर्ने भएकाले एकले अर्काको हौसला बढाउने काम गर्नुपर्ने मनोपरामर्शदाता सीता भण्डारी बताउनुहुन्छ । विपत्तिको समयमा आफूलाई साथ दिने, आफ्नो भावना बुझ्ने तथा हौसला दिने व्यक्तिहरूसँग आफ्नो मनका भावनाहरू बाँड्ने, प्रेरणादायी भनाइ सुन्ने, किताब पढ्ने र चलचित्र वा भिडियो हेर्ने गर्नाले पनि महामारीका कारण पैदा हुने त्रास कम हुने उहाँको भनाइ छ । 

यस्तो समयमा आफूले आफैँलाई आत्म सुझाव दिएर पनि हौसला बढाउन सकिन्छ । जस्तै ‘म ठिक छु, स्वस्थ छु, ठिक हुँदै गएको छु’ जस्ता शब्दहरू बारम्बार उच्चारण गरेर आत्म–सुझाव दिन सकिन्छ । आफ्ना विभिन्न सबल पक्षहरू लेख्ने, मनन वा उजागर गर्ने गरियो भने पनि आत्मबल बढाउन मद्दत पुग्ने मनोपरामर्शदाता भण्डारी बताउनुहुन्छ ।

कोरोना कहरको यस्तो बेला अन्य उमेर समूहका मानिसलाई जस्तै बालबालिकालाई पनि तनाव थपिएको हुन्छ । विद्यालयमा, खेलमैदानमा आफ्ना साथीभाइसँग रमाउँदै खेल्ने बालबालिका घरभित्रै बन्द भएर बस्दा उनीहरूमा एक किसिमको चिन्ता थपिने बालरोग विशेषज्ञ डा प्रदीप मिश्र बताउनुहुन्छ । बालबालिकालाई कोरोना भाइरसका नकारात्मक पाटाहरू मात्रै पनि बताउन नहुने उहाँको भनाइ छ । ‘यति मृत्यु भयो, यति बिरामी भयो भन्दा यति निको पनि भएका छन्’ भनेर सकारात्मक सोच आउने खाले सन्देश अरू उमेर समूहकालाई भन्दा विशेष बालबालिकालाई  पनि दिनुपर्ने डा मिश्र बताउनु हुन्छ । बालबालिका घरमै बस्ने हुँदा उनीहरूको सर्वाङ्गीण विकासका साथै पोषणका कुराहरूमा पनि ध्यान दिइनुपर्ने तथा उनीहरूको व्यवहारमा सामान्य अवस्थामा भन्दा परिवर्तन आएको छ कि छैन भन्ने अभिभावकले विचार गरिरहनुपर्ने हुन्छ । 

“महामारीमा तनाव सबैलाई हुन्छ, यस्तो बेला एक जनाले अर्कालाई हौसला बढाउँदै सकारात्मक सोचको विकास गर्नुपर्ने हुन्छ”, डा मिश्र भन्नुहुन्छ, “सामान्यतया उमेर पुगेकाहरू बिरामी परे भने उनीहरूले समस्या बताउन सक्छन् र सोही अनुसार चिकित्सक कहाँ लगेर उपचार गर्न सकिन्छ र उनीहरूलाई हौसला बढाउन पनि सकिन्छ तर बालबालिकाको हकमा भने त्यसो हुँदैन ।” 

बच्चाले राम्रोसँग खाइरहेको छैन, सास फेर्न छिटोछिटो गरेको छ, खेल्न मन गरेको छैन, पखाला छ, खोकी लागेको छ वा सबैभन्दा महत्वपूर्ण ज्वरो छ भने चिकित्सकको सल्लाह लिनुपर्ने र बेलैमा परीक्षण गर्नुपर्ने उहाँ बताउनुहुन्छ । बालबालिकामा आफूलाई पनि महामारीको रोगले च्यापेको र आफू पनि मर्नेलगायतका चिन्ता थपिए निकै भयानक हुने उहाँको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा