२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा कोरोनाको सङ्क्रमण दर ३७ र मृत्यु दर ०.६ प्रतिशत

२०७८, १३ जेष्ठ बिहीबार ०४:५७

जेठ १३, पाँचथर (रासस) । यहाँका दूरदराजका ग्रामीण बस्तीहरुमा फैलिइरहेको कोरोना भाइरसको सङ्क्रमण दर करिब ३७ प्रतिशत रहेको पाइएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेजबहादुर तुम्वापोका अनुसार पाँचथरमा कोरोना भाइरसको यकिन सङ्क्रमण दर ३६.९१ प्रतिशत छ । यस्तै मृत्यु दर ०.६० प्रतिशत रहेको छ । 

स्वास्थ्य कार्यालय पाँचथरमा प्राप्त तथ्याङ्कअनुसार गत वैशाख १९ गतेदेखि हालसम्म जिल्लामा ४९८ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । उक्त अवधिमा यहाँ पिसिआर विधिबाट ३१९ र एन्टिजेन विधिबाट एक हजार ३० जना गरी कूल एक हजार ३४९ को परीक्षण गरिएको छ । तुम्वापोका अनुसार उक्त सङ्ख्याको परीक्षणमा ४९८ जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै सङ्क्रमण पुष्टि भएकामध्ये तीन जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । यहाँ सङ्क्रमण पुष्टि भएकामध्ये एक जनाको जिल्लाबाहिर तथा दुई जनाको जिल्लामै उपचारका क्रममा मृत्यु भएको हो । परीक्षण र सङ्क्रमितको सङ्ख्याका आधारमा जिल्लामा सङ्क्रमितको मृत्यु दर ०.६० प्रतिशत रहेको उहाँले बताउनुभयो । 

कोरोनाभाइरसको सङ्क्रमण दर र मृत्यु दर सामान्य रहे पनि उपचारात्मक व्यवस्था कमजोर हुनाले यो सङ्ख्यासमेत चुनौतीपूर्ण हुने सरोकारवालाको ठम्याइ छ । जिल्लामा हालसम्म सघन उपचार कक्ष (आसीयू) र भेन्टिलेटरको प्रबन्ध हुन सकेको छैन । जिल्ला अस्पतालमा सघन उपचार कक्ष (आसीयू), भेन्टिलेटर र अक्सिजन प्लान्ट स्थापनाका लागि सङ्घीय सरकारबाट बजेट प्राप्त भए पनि सो कार्यमा ढिलाइ भइरहेको छ । सङ्क्रमितको सामान्य उपचार गर्न सक्ने हाई डिफेन्डेन्सी युनिटमा हालसम्म १० वटा शय्या छन् । जिल्लामा ११९ थान अक्सिजन सिलिण्डर रहेको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ । गम्भीर समस्या देखिएका बिरामीलाई यहाँबाट तत्कालै रेफर गर्नुपर्ने बाध्यता छ । 

दिनहुँ सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहे पनि गम्भीर बिरामी पर्नेको सङ्ख्या न्यून छ । छयानब्बे सङ्क्रमित रहेको जिल्लाको हिलिहाङ गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरेले भन्नुभयो, “गाउँहरुमा कोभिड–१९ सँग मिल्ने लक्षण भएका बिरामीको सङ्ख्या र सङ्क्रमितको अवस्था हेर्दा स्थिति भयावह देखिन्छ तर गम्भीर समस्या भएका बिरामी निकै न्यून हुनाले आत्तिनुपर्ने अवस्था छैन् ।”

जिल्लामा फिदिम नगरपालिकासहित हिलिहाङ र मिक्लाजुङ गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या बढी छ । सङ्क्रमणको दोस्रो लहर जिल्लामा शुरु हुँदा धेरै सङ्क्रमित देखिएका याङ्वरक र फालेलुङमा भने सङ्क्रमित थपिन छाडेको एक साता बितेको छ । यी दुई गाउँपालिका उक्त लहरको सङ्क्रमणको जालो तोड्न सफल भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा