२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा कोरोनाको सङ्क्रमण दर ३७ र मृत्यु दर ०.६ प्रतिशत

१३ जेष्ठ २०७८, बिहीबार ०४:५७

जेठ १३, पाँचथर (रासस) । यहाँका दूरदराजका ग्रामीण बस्तीहरुमा फैलिइरहेको कोरोना भाइरसको सङ्क्रमण दर करिब ३७ प्रतिशत रहेको पाइएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेजबहादुर तुम्वापोका अनुसार पाँचथरमा कोरोना भाइरसको यकिन सङ्क्रमण दर ३६.९१ प्रतिशत छ । यस्तै मृत्यु दर ०.६० प्रतिशत रहेको छ । 

स्वास्थ्य कार्यालय पाँचथरमा प्राप्त तथ्याङ्कअनुसार गत वैशाख १९ गतेदेखि हालसम्म जिल्लामा ४९८ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । उक्त अवधिमा यहाँ पिसिआर विधिबाट ३१९ र एन्टिजेन विधिबाट एक हजार ३० जना गरी कूल एक हजार ३४९ को परीक्षण गरिएको छ । तुम्वापोका अनुसार उक्त सङ्ख्याको परीक्षणमा ४९८ जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै सङ्क्रमण पुष्टि भएकामध्ये तीन जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । यहाँ सङ्क्रमण पुष्टि भएकामध्ये एक जनाको जिल्लाबाहिर तथा दुई जनाको जिल्लामै उपचारका क्रममा मृत्यु भएको हो । परीक्षण र सङ्क्रमितको सङ्ख्याका आधारमा जिल्लामा सङ्क्रमितको मृत्यु दर ०.६० प्रतिशत रहेको उहाँले बताउनुभयो । 

कोरोनाभाइरसको सङ्क्रमण दर र मृत्यु दर सामान्य रहे पनि उपचारात्मक व्यवस्था कमजोर हुनाले यो सङ्ख्यासमेत चुनौतीपूर्ण हुने सरोकारवालाको ठम्याइ छ । जिल्लामा हालसम्म सघन उपचार कक्ष (आसीयू) र भेन्टिलेटरको प्रबन्ध हुन सकेको छैन । जिल्ला अस्पतालमा सघन उपचार कक्ष (आसीयू), भेन्टिलेटर र अक्सिजन प्लान्ट स्थापनाका लागि सङ्घीय सरकारबाट बजेट प्राप्त भए पनि सो कार्यमा ढिलाइ भइरहेको छ । सङ्क्रमितको सामान्य उपचार गर्न सक्ने हाई डिफेन्डेन्सी युनिटमा हालसम्म १० वटा शय्या छन् । जिल्लामा ११९ थान अक्सिजन सिलिण्डर रहेको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ । गम्भीर समस्या देखिएका बिरामीलाई यहाँबाट तत्कालै रेफर गर्नुपर्ने बाध्यता छ । 

दिनहुँ सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहे पनि गम्भीर बिरामी पर्नेको सङ्ख्या न्यून छ । छयानब्बे सङ्क्रमित रहेको जिल्लाको हिलिहाङ गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरेले भन्नुभयो, “गाउँहरुमा कोभिड–१९ सँग मिल्ने लक्षण भएका बिरामीको सङ्ख्या र सङ्क्रमितको अवस्था हेर्दा स्थिति भयावह देखिन्छ तर गम्भीर समस्या भएका बिरामी निकै न्यून हुनाले आत्तिनुपर्ने अवस्था छैन् ।”

जिल्लामा फिदिम नगरपालिकासहित हिलिहाङ र मिक्लाजुङ गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या बढी छ । सङ्क्रमणको दोस्रो लहर जिल्लामा शुरु हुँदा धेरै सङ्क्रमित देखिएका याङ्वरक र फालेलुङमा भने सङ्क्रमित थपिन छाडेको एक साता बितेको छ । यी दुई गाउँपालिका उक्त लहरको सङ्क्रमणको जालो तोड्न सफल भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा