२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई लाखलाई रोजगार दिन १२ अर्ब विनियोजन

२०७८, १५ जेष्ठ शनिबार १३:४६

जेठ १५, काठमाडौँ | सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आगामी आर्थिक वर्षमा थप दुई लाख रोजगारीको अवसर प्रदान गर्न रु १२ लाख विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनःसंरचना गरिने बताउनुभयो । रोजगार सेवा केन्द्रमा सूचीकृत युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम् १०० दिनको रोजगारी प्रदान गरिने उहाँले जानकारी दिनुभयो । 

सरकारले चालु आवमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु १० अर्ब बजेट विनियोजन गरेको थियो । उक्त कार्यक्रममार्फत ८० हजार बेरोजगारले न्यूनतम् रोजगारीको अवसर प्राप्त गरेका थिए । सरकारले आर्थिक वर्ष २०७६÷०७७ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरेको थियो । 

यसैगरी निषेधाज्ञा समयवधिका लागि सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका योगदानकर्ताको योगदान रकम सरकारले नै जम्मा गरिदिने भएको छ । अर्थमन्त्री पौडेलले वैशाख र जेठ महिनाको योगदान रकम सरकारले जम्मा गरिदिने बताउनुभयो । सरकारले गत वर्ष पनि निषेधाज्ञाको समयमा कोषमा सूचीकृत योगदानकर्ताको योगदान रकम कोषमा दाखिला गरिदिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?