२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आतंकित बनाउने सामाजिक सञ्जालका ‘पोस्ट’

२०७८, १८ जेष्ठ मंगलवार ०२:३५

जेठ १८, काठमाडौं । कोरोना भाइरस महामारीले मानव समुदायलाई आक्रान्त बनाएको छ। निषेधाज्ञाका कारण अधिकांश नेपाली अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन पाएका छैनन्।

यस्तो बेला मन बहलाउन, सूचना ग्रहण गर्न, आफन्त तथा परिवारजनसँग वातचित गर्न सामाजिक सञ्जालको प्रयोग बढ्नु स्वाभाविकै हो। तर, फेसबुक, ट्विटर, टिकटकलगायत सञ्जालमा राखिने कतिपय ‘पोस्ट’ले खिन्न मात्रै होइन आतंकित नै बनाउँछन्। शवको तस्बिर, अनेक अफवाहलगायत सामग्रीले पीडितलाई त पीडा थप्छ नै सद्देलाई पनि बिरामी बनाउँछ।

भक्तपुरको गठ्ठाघर बस्ने प्रवीण निरौला अहिले आफूलाई सामाजिक सञ्जालले मानसिक रूपमा कमजोर बनाएको बताउँछन्। मृतकका वीभत्स तस्बिर राखेर सामाजिक सञ्जाल भरिँदा सञ्चै रहेका आफन्तलाई थप पीडा दिने गरेको निरौलाको बुझाइ छ। 

‘फेसबुकको वाल हेर्नै मन लाग्दैन। कोरोना लागिहाले उपचार नपाएर मरिन्छ कि भनेरै अत्तालिन्छु। बच्चाहरूको खुब माया लागेर आउँछ’, उनी भन्छन्, ‘गलत सूचना र फोटोहरू पनि उत्तिकै सेयर भइरहेको हुन्छ। घरमा सामान्य खोकी लागे पनि कोरोनाले छोयो कि भनेर यसै बढी हुन्छ।

औषधि लिन दौडिहाल्छु।’ मृतकको कारुणिक तस्बिर पोस्ट गर्ने प्रतिस्पर्धाजस्तै देखिएको छ। कसले छिटो पोस्ट गर्ने भनेजस्तो गलत प्रवृत्तिको विकास भएको छ। हुन त मृतकलाई श्रद्धाञ्जली व्यक्त गर्नु स्वाभाविकै हो। तर, सञ्जाल प्रयोगकर्ता संयमित नहुँदा आफन्त मात्रै होइन अरूलाई असर पर्ने तस्बिरसहितका पोस्टहरू भइरहेका छन्। जसले गर्दा अहिले सामाजिक सञ्जाल हेरिनसक्नु बनेको छ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा