२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संक्रमणकैबीच निषेधाज्ञा खुकुलो पार्ने तयारी

२०७८, १९ जेष्ठ बुधबार ०२:४०

 जेठ १९, काठमाडौं । कोरोना संक्रमण नियन्त्रणमा आउन नसकिरहेको बेला जारी निषेधाज्ञालाई खुकुलो पार्ने संकेत देखिएको छ। कोरोना रोकथामको लागि वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञा विस्तारै कडा पार्दै लगिए पनि संक्रमण अझै बढिरहेको छ। तर आर्थिक वर्ष सकिन १ महिना हाराहारी बाँकी रहँदा सरकारले केही खुकुलो पार्ने तयारी गरेको छ।  

सोही विषयमा छलफल गर्न मंगलबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच छलफल भएको थियो। छलफलका क्रममा हाल भइरहेको कडाइ खुकुलो पार्ने निर्णय भएको छ।

२२ गतेदेखि लागु हुनेगरी खाद्यान्न पसल खोल्न दिने र सरकारी कार्यालय सञ्चालनमा ल्याउने भन्ने विषयमा पनि छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। उनका अनुसार हाल भइरहेको नियमलाई केही सहज पारिने छ। 

माथिल्लो निकायबाटै निर्देशन आएकोले प्रमुख जिल्ला अधिकारीहरूबीच छलफल भएको प्रजिअ पराजुलीले बताए। उनले भने, ‘अहिले भइरहेको निषेधाज्ञामा केही परिमार्जन गर्छौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृह मन्त्रालयसँगको सहकार्यमा निषेधाज्ञा केही परिवर्तन गर्न लागेका हौं।’ तर अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई ओहोरदोहोर गर्न नदिने उनको भनाइ छ। 

उनका अनुसार २२ गतेदेखि खाद्यान्न पसल र सरकारी कार्यालय खोल्ने बारेमा गृह मन्त्रालयसँग पनि छलफल भएको छ। यातायात क्षेत्र सञ्चालन गर्ने भन्ने विषयमा भने अहिले नै निर्णय नहुने बताइएको छ।

‘अत्यवाश्यक र कार्यालय र कामकारबाही अब सञ्चालन गर्नुपर्ने देखिएको छ,’ उनले भने, ‘तर, भिडभाड हुने सरकारी कार्यालय हाललाई बन्द नै गरिने छ। उनले यसबाहेक बिहे, पार्टी, भोजलगायत गतिविधि सञ्चालनमा पनि कडाइ गरिने बताए।  

हाल उपत्यकामा निषेधाज्ञा कडा छ। जिल्ला प्रशासन कार्यालयले नै निषेधाज्ञा नमान्नेलाई जरिवाना र कैद सजायको व्यवस्था समेत गरेको छ। निषेधाज्ञा खुकुलो पारिएपछि प्रहरीले कडाई गर्न छाड्ने देखिएको छ। तर, बिनाकाम सडकमा निस्कने, भिडभाड गराउने, कोरोनाको जोखिम बढाउनेहरूलाई प्रहरीले कारबाही गर्ने बताइएको छ।  यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा