2026-09-08 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

बारपाकमा अस्थायी कोभिड अस्पताल सञ्चालन गरिने

जेठ १९, गोरखा (रासस)। बारपाक सुलिकोट गाउँपालिकाको बारपाकमा नौ श्यया क्षमतासहितको अस्थायी कोभिड अस्पताल सञ्चालन गरिने भएको छ । गाउँपालिकाले कोभिडका बिरामीको आपत्कालीन उपचारका लागि बारपाकमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । 

“सङ्क्रमितलाई आपत्कालीन उपचार गरिहाल्नुपर्ने अवस्था आए अन्यन्त्र सुविधा सम्पन्न अस्पतालमा पुर्याउनुअघि आवश्यक उपचारको व्यवस्था मिलाउनका लागि अस्थायी अस्पताल सञ्चालन गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “अस्पतालमा चिकित्सक, स्टार्फ नर्स तथा हेल्थ असिस्टेन्टसहितको स्वास्थ्यकर्मीको टोली रहने गरी अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।”

बारपाकमा एकै ठाउँमा कोरोना सङ्क्रमणदर उच्च भएकाले पनि त्यहाँका नागरिकको स्वास्थ्य सुरक्षाका लागि अस्थायी कोभिड अस्पताल निर्माण नगरी नहुने अवस्था भएकाले गृहकार्य शुरु गरिएको अध्यक्ष भट्टको भनाइ छ । अस्थायी कोभिड अस्पताल निर्माणका लागि जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई आवश्यक जनशक्ति उपलब्ध गराउन आग्रह गरिएको र केन्द्रले पनि केही जनशक्तिको उपलब्ध गराइसकेको अध्यक्ष भट्टले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल