२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुपति क्षेत्रबाट घाट हटाउने प्रस्ताव

२०७८, २१ जेष्ठ शुक्रबार १५:१७

पूर्णप्रसाद मिश्र | जेठ २१, काठमाडौँ | पशुपति क्षेत्र विकास कोषले   पशुपतिनाथ मन्दिर मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न नजिक घाट नराखी अन्यत्र सार्ने गरी गुरुयोजनामा प्रस्ताव गर्ने भएको छ ।

 यसअघि कोष सञ्चालक परिषद्ले पारित गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम रुप दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्राडा चन्द्रमणि अधिकारीको संयोजकत्वमा समिति गठन गरी पुनरावलोकनका लागि पठाएको छ । 

पुनरावलोकन समितिमा मन्दिर नजिक घाट राख्दा मसानघाटको जस्तो वातावरण बनी धार्मिक स्थलजस्तो हुन नसकेकाले यस्तो प्रस्ताव गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।  “विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा धुप, दीप, बलेर त्यसको सुगन्धमा भक्तजन रमाउनुपर्नेमा कोरोना महामारीका बेला दैनिक कम्तीमा पनि १०० वटा शव आउन थालेकाले पशुपतिनाथ मन्दिरबाट घाट अन्यत्रै वाग्मती किनारमा सार्ने गरी प्रस्ताव गर्न लागिएको हो”–उहाँले भन्नुभयो । 

कोरोना महामारी फैलिएका बेला कुनै दिन २०० वटा त कोरोना भई निधन भएकाको शवदाह गरिएको अभिलेख कोषमा छ । पशुपति क्षेत्र कि घाट हो भनी ठम्याउन असहज हुने गरी धुवाँ आउन थालेपछि आर्यघाट पूर्णरुपमा बन्द गर्ने गुरुयोजना कोषले तयार पार्न लागेको हो । विद्युतीय शवदाह गृहलाई पनि अन्यत्र उपयुक्त स्थानमा सार्न प्रस्ताव गर्ने जनाइएको छ । 

भष्मेश्वरघाटका दुई वटा घाट राखी अरु हटाएर पशुपतिस्थित वाग्मती किनारलाई पूजा, आरधना, ध्यान, साधना केन्द्रका रुपमा विकास गर्ने गरी योजना बनाउने तयारी अन्तिम चरणमा पुगेको गुरुयोजना पुनरावलोकन समितिको समेत सदस्य सचिव रहनुभएका ढकालले जानकारी दिनुभयो । सरकारले आगामी आर्थिक वर्षमा पशुपति क्षेत्रको विस्तारित गुरुयोजना सम्पन्न गर्न रु ३५ करोड बजेट विनियोजन गरेको छ ।आम्दानीका अरु धेरै स्रोत भएकाले शवदाह गरेको दृश्यकै आधारमा विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ भन्ने तर्क उचित नहुने निष्कर्षमा कोष पुगेको छ । पुरातात्विक महत्वले विश्वमै चर्चामा रहेको पशुपति क्षेत्रमा शवदाह हेर्नमात्र विदेशी पर्यटक आउँछन् भन्ने तर्क गरेर मन्दिर क्षेत्रलाई मसानघाटमा रुपान्तरण गर्न नहुने उहाँको भनाई छ ।

आर्यतीर्थबाट घाट हटाएपनि ब्रह्मनालको व्यवस्था गरिने जनाइएको छ । काठमाडौँ उपत्यकामा जनसङ्ख्यासमेत बढ्दै गएकाले घाटको विकल्प खोज्न कोषले सरोकार भएका निकायलाई अनुरोध गर्ने भएको छ । एक करोडसम्म जनसङ्ख्यालाई धान्ने गरी घाट व्यवस्था गरिनुपर्ने कोषको सुझाव छ ।   पशुपति क्षेत्रमा हाल आर्यघाटमा दुई, भष्मेश्वर घाटमा १० र विद्युतीय शवदाह गृहमा तीन गरी १५ घाट सञ्चालनमा छन् । पछिल्लो समय पशुपति क्षेत्रका यी सबै घाटमा २४ सै घण्टाजसो शवदाह हुन थालेको छ ।  पहिले वाग्मती किनारका गोकर्णेश्वर, हत्यामोचनघाट, शङ्खमूल क्षेत्र, कालमोचनघाटलगायत स्थानमा पनि शवदाहा हुने गरेको थियो । पछिल्लो समय पशुपति क्षेत्रमा शवदाह सामग्री, क्रियापुत्री भवन, ब्राह्मणको सुविधा आदि कारणले सबै मानिस यहीँ आउँदा मसानघाटका रुपमा विकास हुन लागेको भन्दै कोषले वैकल्पिक व्यवस्था गर्ने प्रस्ताव गुरुयोजनामार्फत् गर्न लागेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?