गोरखनाथ मन्दिरमा सवा लाख रोट अर्पण

साझासवाल

<p>जेठ २३, गोरखा | यहाँस्थित गोरखनाथ मन्दिरमा गुरु गोरखनाथलाई सवा लाख रोट अर्पण गरिएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रुपमा लिइने रोट चढाउने परम्परालाई निरन्तरता दिँदै निषेधाज्ञाका बीच स्वास्थ्य मापदण्डको पालना गरी गोरखनाथलाई रोट चढाइएको हो ।<br></p><p>मन्दिरमा दैनिक रोट चढाउने प्रचलन रहेपनि गएको १८ बर्षदेखि यसलाई महोत्सवकै रुपमा समेत अगाडि बढाइँदै आएको आयोजक सिद्धाश्रम शक्तिकेन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले जानकारी दिनुभयो ।</p><p>गोरखनाथ पृथ्वीमा पहिलो पटक गोरखाको पवित्रस्थल गोरखगुफामा प्रकट भएको धार्मिक मान्यता छ ।&nbsp; भुङ्ग्रे र तावा गरी दुई प्रकारका हुने जनाइएको छ । तत्कालीन नेपाल एकीकरणका समयमा सैनिकलाई प्रसादका रुपमा एउटा रोट र एक माना पानी खुवाएपछि भोक नलागेको&nbsp; तथा लामो समयसम्म लडाइँ लड्न सकेको भनाइ&nbsp; छ ।रासस&nbsp;</p>

Leave a Comment

Leave a Reply